Type Here to Get Search Results !

जिन्दगीमा सुन्दर १० भनाईहरु

0
Click Me 💖

 

१. आमालाई तपाईले सुन चाँदी हिरा मोति दिएर खुशी पर्न सक्नुहुन्न, यदि खुशी पार्नु नै छ भने बस यति सोध्नुस् कि आमा तपाईलाई कस्तो छ ?

२. ठुला स्वरमा त त्यो चिच्याउछ्न् जसलाई झुट बोल्नु छ किनकि सत्य त बिस्तारै बोले पनि त्यसको आवाजलाई कसैले दबाउन सक्दैन ।

३. जब मित्रले प्रगती गर्छ तब गर्वले भन्नुस कि त्यो मेरो मित्र हो र जब मित्र समस्यामा पर्छ तब पनि गर्वले भन्नुस कि यो मेरो मित्र हो, तब मात्र मित्रको सार्थकता हुन्छ ।

४. जती राम्रो संग तपाई अरु संग, अरुको श्रीमती संग, अरुको आमा बाबु संग, अरुको बाल बच्चा संग बोल्नुहुन्छ त्यतिनै राम्रो संग जुन दिन तपाई आफ्नो घर परिवार संग बोल्न सुरु गर्नुहुन्छ, त्यो दिनबाट तपाईको घर स्वर्ग हुनेछ ।

५. सिलाई मेसिनमा धागो नभए पनि चल्न त चल्छ तर त्यसबाट सिउने काम हुदैन, त्यसैगरी सम्बन्धमा माया छैन भने जिन्दगी चल्न त चल्छ तर सम्बन्धको मिठास आउने काम हुदैन ।

६. कसैको पिडा देखेर त्यसलाई महशुस गर्ने मन हुनु त ठिक हो तर बिपत्ति पर्दा दुख र पीडाको बाढी आउदा पनि पहाड जस्तै अडिग र अटल बनेर त्यसलाई सामना गर्ने हुन पनि जरुरी छ ।

७. तपाईले जतिनै राम्रो संग शब्द मिलाएर गीत, गजल, कबिता, मुक्तक लेख्नुस तर परिणाम भावनाको आधार बाटनै पाउनु हुनेछ किनकि इश्वरले हृदयलाई पढ्नुहुन्छ, मष्तिस्कलाई होइन ।

८. यदि खुट्टामा हिलो लाग्छ भने धारा खोज्नुपर्छ तर धारा छ भन्दैमा हिलोमा जानु मुर्खता हो, त्यसैगरी जिन्दगीमा नराम्रो समय आएमा पैसाको उपयोग गर्नुप्रछ तर पैसा छ भन्दैमा नराम्रो बाटोमा लाग्नु महा मुर्खता हो ।

९. वद पढ्नु ठुलो कुरा होइन र बिश्वास गर्नुस वेद पढेर भगवान पाईदा पनि पाइदैन तर यदि साच्चिकै भगवानलाई पाउन चाहनुहुन्छ भने वेद हैन अरुको वेदना पढ्ने कोसिस गर्नुस् ।

१०. कुनै पनि चिज जब टुट्छ तब भगवानले त्यसलाई अझै राम्रो रुप दिने गर्नुहुन्छ, जस्तै बादल टुट्छ तब पानी वर्षाई दिनुहुन्छ, जब माटो टुट्छ तब खेत बनाई दिनुहुन्छ, जब बिउ टुट्छ तब एउटा नयाँ बिरुवा बनाई दिनुहुन्छ । त्यसैले जिन्दगीमा तपाईले आफुलाई टुटेको महशुस गर्नुहुन्छ भने तब बिश्वास गर्नुस, भगवानले तपाईलाई एउटा नयाँ स्वरूप दिन खोज्नु हुदैछ ।


Post a Comment

0 Comments