कपाल झर्नाले मानिसलाई सानै उमेरमा पनि पाको देखिन्छ । कपाल झर्नाले कतिपयलाई उति सुन्दर पनि देखिँदैन । कपाल सुन्दरताको एउटा पाटो पनि हो । यसकारण कपाल झर्ने समस्या भएमा घरेलु उपचारले नै यसलाई कम गर्न वा रोक्न सकिन्छ ।
यसका केहि उपायहरु यहाँ दिइएको छ तयार पार्ने तरिका : ओलियण्डर नामको फूलको पात ६०–७० ग्राम (यो दुई किसिमको पाईन्छ, रातो या पहेंलोमध्ये एक वा दुवै) लिएर यसलाई सफा र सुख्खाकपडाले पुछ्नु । यसरी पातलाई सफा गरिसकेपछि सरस्यूँ, नरिवल वा जैतुनको तेलमध्ये कुनै एकको एक लिटर तेललाई तताउनु पर्छ ।
तातिसकेको तेलमा उक्त पातलाई काटेर टुक्रा बनाई तातो तेलमा हाल्ने र पात कालो नभएसम्म डढ्न दिनुपर्छ । यसरी पात कालो भैसकेपछि सबै पातहरु निकालेर फ्याँकिदिनुपर्छ र तेललाई ठण्डा बनाउनु पर्छ । यसलाई अब कुनै बोतलमा राख्नुपर्छ ।प्रयोग गर्ने विधि : यसरी तयार भएको तेललाई दैनिक रुपमा जुन भागमा कपाल झरेको छ वा कपाल नै छैन सोही भागमा लगाएर करिब २ मिनेट मालिस गर्नुपर्छ । यसरी तेल कतै बाहिर जानुअघि वा बेलुका सुत्नुअघि दैनिक रुपमा लगाउनु पर्छ ।
परिणाम : यसरी दैनिक रुपमा तेल लगाउनाले यसको असर एक महिनामा देखिन थाल्दछ । भारतका डाक्टर राजीव दिक्षितले १० जनामा सफल परिक्षण समेत गरेको यो विधिले एक महिनामा नै नयाँ कपाल आउन थालेको बताइएको छ ।यसको प्रयोगले १० दिनदेखि कपाल झर्न बन्द हुनुका साथै नयाँ कपाल समेत पलाउन थाल्नेछ ।यसमा ध्यान दिनुहोस् : यो तेलमा हाल्ने पात विरुवामा नै पाकेर पहेंलो भएको पात लिनुपर्छ ।
पहेंलो भैसकेको पात केहि रातो पनि हुनसक्छ, त्यो पात पनि प्रयोग गर्न सकिन्छ सावधानी : ओलियण्डरको विरुवामा जुन रस हुन्छ, त्यो विषालु हुन्छ, यसको प्रयोग बाहिरी रुपमा मात्रै हुने गर्छ । यसको पात खाने वा अन्य कुनै पनि कामका लागि प्रयोग गर्दा हानी हुन्छ ।यसैगरी :टुसा उम्रिएको आलु खाने गर्नुभएको छ ? बिष जत्तिकै घातक छ यस्तो आलु :आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने गरेको छ ।
अझ नेपाल र भारत लगायतको देशमा त यसको उत्पादन तथा उपभोग बढी हुने गरेको छ । आलूलाई भण्डारण गरेर राख्ने गरिएको छ र यसलाई आवश्यकता अनुसार प्रयोग गर्ने गरिएको छ । तर यसरी भण्डारण गरिएको आलु प्रयोगले त्यति फाइदा भने पु-याउँदैन । यस्ता केही आलु छन् जसालई प्रयोग गर्दा त्यसले नकारात्मक असर पर्छ ।
चाहुरि परेको आलु : लोमो समय राखेको आलुमा रहेको पानीको मात्र नष्ट भएसँगै आलु चाहुरिन पुग्छ । जसलाई विउको रुपमा प्रयोग गर्ने गरिन्छ । आलुलाई धेरै समय राखेरपछि त्यो चाहुरिन्छ, त्यसको टुसा उर्मन थाल्छ । यसैलाई बिऊको रुपमा प्रयोग गर्न सकिन्छ । यस्तो आलु सेवन गर्दा हानी पुग्छ । यस्तो चाउरी परेको आलुको सेवन गर्दा शरीरमा विषाक्त पदार्थ प्रवेश गर्छ ।
हरियो रंग : बजारमा खरिद गरेको बेला होस् वा सब्जी बनाउने बेला, बोक्रामा हरियो हुँदै गएको आलु सेवन नगरौं । लामो समय राख्दा पनि आलु हरियो हुँदै जान्छ । यस्तो आलुको हरियो भाग काटेर प्रयोग गर्नुपर्छ । आलुको हरियो भागमा सेलेनाइन विषाक्त पदार्थ हुन्छ ।
टुसा आएको आलु :आलुलाई लामो समयसम्म भण्डारण गरेपछि त्यसमा टुसा अंकुराउन थाल्छ । अक्सर यस्तो आलु रोप्नका लागि उपयोगी हुन्छ । तर, हामी टुसा अंकुराएको आलु सेवन गर्छौ, जो स्वस्थ्यकर मानिदैन ।सो गर्दा पुग्छ फाइदा :आलु स्वादिलो र बहुउपयोगी परिकार मात्र होइन, स्वस्थ्यवर्द्धक पनि हुन्छ । आलुमा भिटामिन सि, बि कम्पलेू्रक्स तथा आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस तत्व हुन्छ । यदि आलुलाई उसिनेर बोक्रासँग सेवन गर्दा यसमा रहेको पोषक तत्व नष्ट हुँदैन ।