हेर्नुस यो भिडियो,संसारमा यस्ता केही मान्छेहरु हुन्छन् जसका कारण केही व्यक्ति त के सिंगो समाज र राज्य नै निरिह बन्नुपर्ने अबस्था सिर्जना हुन सक्छ ।कहिलेकाही यस्ता जिद्दीवाल मान्छेले दुनियाँलाइ हैरान पार्छन् ।गाउँ होस वा शहर, जिद्दीवाल मान्छेको अगाडी राज्यको पनि केही लाग्दैन।
जिद्दीवाल मान्छेका कारण चीनको सांघाई शहरमा सन २००३ तिर हाइवे बनाउदा बाटोमा पर्ने घरहरु हटाउने काम शुरु भयो।सरकारले बाटोमा पर्ने घर मालिकहरुलाई उचित मुआब्जा दिएर ति घरहरु हटाएको थियो। सरकारले घरलाई बाटोबाट अन्यत्र सार्दा प्रत्येक परिवारलाई चार फ्ल्याट र ८० लाख युआन दिएको थियो।
यसै क्रममा एउटा जिद्दीवाललाई सरकारले समेत कन्मिन्स गर्न सकेन । बाटोको बीचमा घर भएका एक मानिसले आफ्नो घर सरकारलाई दिन अस्वीकार गरे।घर मालिकको जिद्दिका कारण ससडक बिभागले घरलाई बिचमै छोडेर हाइवे बनाएको थियो। करिब १५ बर्षपछि हालसम्म पनि यो घर हाइवेको बिचमा जस्ताको त्यस्तै रहेको छ।
यसरी संसारलाई नै चकित पार्ने गरी सरकारको निर्णय अटेर गरेका चिनिया नागरिक को हुन् भन्ने बारेमा भने सूचना सार्बजनिक गरिएको छैन ।अर्को रोचक प्रसंग: कुनै पनि मानिसलाई सार्वजनिक रुपमा नंग्याउनु सजिलो कुरा होइन । अझ निर्वस्त्र बनेर तस्वीर खिचाउनु र त्यो तस्वीर सार्वजनिक गर्नु सामान्य मानिसका लागि फलामको च्यूरा चपाएजस्तै हो ।
तर बेलायतमा एक महिलाले पूरै गाउँलेलाई नै आफुखुसी नंगाइदिइन् । उनको एउटा आह्वानका भरमा पूरै गाउँलेहरु निर्वस्त्र भएर तस्वीर खिचाए ।लण्डन नजिकैको आइवेड नामक उक्त गाउँका मानिसहरु आफ्ना लागि वा चर्चित बन्नका लागि यस्तो गरेका होइनन् ।
एउटा कल्याणकारी कार्यका लागि पैसा जुटाउन भन्दै गाउँलेहरु नांगिएर फोटो खिचाएका हुन् । त्यसमा गाउँका २४ जना मानिसहरुले भाग लिए, जसमा फोटोग्राफर पनि सामेल थिए ।पेशाले ब्युटिसियन रहेकी लारा चिजम्यानले गाउँमा उक्त न्यूड फोटोशूटको लागि अग्रसरता लिएकी थिइन् ।
गरीब बालबालिकाको लागि सञ्चालित अभियानका क्रममा उनले आफ्नो सोसल साइट मार्फत न्यूड फोटोशूटको आयोजना गर्न लागेको कुरा उल्लेख गरेकी थिइन् ।जब उनले सोसल मिडियामा यस्तो खुलासा गरिन् तब नांगिएर फोटो खिचाउन गाउँलेहरु तछाडमछाड गरे ।
अन्ततः २४ जनाको निर्वस्त्र फोटो खिचियो । निकै चिसोका बाबजुत पनि मानिसहरुले जिउ नांगो पारेर तस्वीर खिचाउन तयार भएका थिए ।गाउँलेका निर्वस्त्र फोटोहरुलाई एउटा क्यालेन्डरमा प्रयोग गरिनेछ । ती क्यालेन्डरहरु छपाई गरी बिक्रि गरेर प्राप्त रकमलाई बालबालिकाको क्षेत्रमा खर्च गर्ने उनको भनाई छ ।
पाइप गाड्न जमिन खन्दै गरेका मजदुरले भेटाए अरबौं मूल्यका यस्ता वस्तुस्पेनको एक पार्कमा पाइप गाड्ने काम भइरहेको थियो । मजदुरहरु जमिन खन्दै थिए । यत्तिकैमा एक मजदुरले जमिन खन्दै गर्दा अनौठो आवाज आयो । यो कुनै कडा यस्तुमा ठोक्किएपछि आउने आवाज थियो ।
त्यसपछि मजदुरहरुले त्यहाँ खन्न थाले । खन्दै जाँदा त्यहाँ धातुका घडा भेटिए । घटा १-२ वटा होइन पूरै १९ वटा थिए । यिनीहरुको आकार पनि गाउँघरमा पानी बोक्न प्रयोग हुने घैंटा जत्रै थियो।यी घडा खोलेर हेर्दा त्यहाँ भित्र सबैमा चाँदी र तामाका परापूर्वकालीन सिक्काहरु भरिएका थिए । यी सिक्का करिब १६०० वर्ष पुराना अर्थात चौथो शताब्दीको रोमनकालका थिए । जसको मूल्य खर्बौं रुपैयाँ थियो ।
स्पेनको टमारेस शहरमा एक पार्कमा पाइप गाड्ने क्रममा यसरी खजाना भेटिएको हो । यहाँ भेटिएका सिक्कालाई जोख्दा तिनीहरुको तौल ६ क्विन्टल थियो । जमिनभित्र यी सबै घडा १ मिटर भन्दा पनि कम गहिराइमा भेटिएका थिए।
सेभिले पुरातत्व संग्रहालयका अनुसार यी सिक्काहरु सैनिकहरु वा अधिकारीहरुलाई दिन राखिएको हुन सक्छ । यी सिक्काहरुमा रोमन साम्राज्यका कन्स्टेन्टाइन र म्याक्सिमियानको तस्वीर अंकित थियो ।यस्ता सिक्का यसअघि स्पेनमा कहीँ पनि भेटिएका थिएनन् । संग्रहालयकी निर्देशक एना नेवेरोले भनेकी थिइन् कि यी सिक्का त्यो जमानाका हुन् । जतिबेला युरोपका अधिकांश भागमा रोमनले शासन गर्थे।
उता इटलीमा एउटा १५० वर्ष पुरानो थिएटरको भवन भत्काउँदा निकै आश्चर्यजनक कुरा फेला परेको छ । यहाँको कोमो शहरमा १५० वर्ष पुरानो क्रेसोनी थिएटर भत्काइँदै थियो ।गत बुधबार भत्काउने टिमका सदस्यहरु त्यतिबेला चकित परे जब उनीहरुले भजनको अवशेषमा एउटा वर्षौं पुरानो भाँडो देखे । भाँडो हेर्दा उनीहरु अझै दंग परे जब त्यो भाँडोभित्र ५ औं शताब्दीका सुनका सिक्का भेटिए ।
यो ठाउँलाई अब खजानाले भरपुर मानिएको छ । यी सिक्का भेटिएपछि यहाँको प्रशासनले अब निर्माणको काम रोकेर खजाना खोज्नको लागि उत्खनन गर्ने भएको छ ।यहाँ कडा सुरक्षा व्यवस्था बनाइएको छ । इटलीको मिडियाका अनुसार थिएटरमुनि दबिएको अवस्थामा पाइएका सिक्का रोमन कालका हुन् । यी सिक्काको मूल्यअनुमान गर्न पनि सकिँदैन ।
स्थानीय आर्कियोलोजिस्ट लुसा रिनाल्डीका अनुसार यी सिक्काको मूल्य तोक्न सकिँदैन किनकि यी बजारमा बिक्ने चीज होइनन् । यसको मूल्य अतुलनीय छ र यो निकै बहुमूल्य खोज हो । यो थिएटर १८७० मा सुरु भएको थियो र १९९७ मा बन्द भएको थियो । बन्द हुने बेला यो फिल्महल बनिसकेको थियो ।
त्यस्तै सडकमा चकलेटको बाढी आएको सुन्नुभएको छ ? जर्मनीको वेस्टनेन सहरमा हालै यस्तै भएको छ । त्यहाँ झण्डै एक टन चकलेटको लेदो सडकमा पोखिएपछि एक प्रकारको चकलेटी बाढी नै आयो । अनि सडक नै बन्द गर्नुपर्यो ।
सहरमा रहेको एक चकलेट कारखानामा लेदो चकलेटले भरिएको एउटा ट्यांक लिक भयो । जसका कारण एक टनभन्दा धेरै चकलेट सडकमा बग्यो । मौसम निकै चिसो थियो । त्यसैले सडकमा पोखिएको चकलेटको लेदो तत्कालै जमेर कडा भयो । सडकको आवागमन नै बन्द गर्नुपर्यो ।
तत्कालै २५ जना फाएरफाइटर बोलाइयो । तातो पानी पम्पको फोहोरा प्रयोग गरी निकै सकसपूर्ण तरिकाले चकलेट सफा गरियो । कारखानाका कर्मचारीहरु पनि सडकको चकलेट सफा गर्न खटिए ।अर्को अचम्मको समाचारमा छुट्टै प्रसँग प्रस्तुत गर्दैछौं । अमेरिकाको मिसिसिपीमा विश्वको सबैभन्दा सानो गाई छ । जसको वजन जम्मा साढे चार किलो रहेको छ । अर्थात् त्यो गाई जम्माजम्मी बिरालो जत्रै छ ।
गाईको सानो आकार तथा कम वजनका कारण उसका मालिक लिल बिल पनि अचम्ममा परेका छन् । गाईको जाँच गराउनका लागि उनले मिसिसिपी स्टेट युनिभर्सिटी कलेज अफ भेटेनरीमा लगे । जब उनले गाईलाई उपचारका लागि पशु अस्पताल लगे तब डाक्टर पनि हैरान भए । गाईको चेकजाँच भयो ।
तर अस्वभाविक वजन भएको उक्त गाई पूर्णरुपमा स्वस्थ भएको पाइयो । मेडिकल कलेजले त्यहीँ क्रममा खिचेको सो गाईको तस्वीर सोसल मिडियामा शेयर भएसँगै त्यो भाइरल बनेको छ । यो गाईको तौल उसको उमेरका सामान्य गाईको भन्दा १० गुणा कम छ । यो गाई विश्वको सबैभन्दा सानो गाईको रुपमा गिनिज बुकमा नाम लेखाउने पक्का रहेको बताइएको छ ।
प्रेमिका फेल हुने डर थियो, महिला बनेर परीक्षा दिन पुगे प्रेमीप्रेम र यु द्धमा सबै जायज हुन्छ । यो भनाई एक व्यक्तिले चरितार्थ पारेका छन् । पश्चिमी अफ्रिकाको सेनेगलमा एक प्रेमी आफ्नी प्रेमिकाको परीक्षा दिन पुगेका छन् । गेस्टन बर्जर डी सेन्ट लुई युनिभर्सिटीमा एक युवकलाई परीक्षा दिइरहेका बेला पक्राउ गरिएको छ । किनभने ती व्यक्ति युवतीको भेष धारणा गरेर आफ्नी प्रेमिकाको परीक्षा दिइरहेका थिए ता कि उनी फेल नहुन् ।
वास्तवमा २२ वर्षका खादिमले हाई स्कूल ग्रेजुएशनको परीक्षामा आफ्नी १९ वर्षीया प्रेमिका गेंग्यू डिओमलाई मद्दत गर्ने निर्णय गरे र उनको साटो आफैंले परीक्षा दिने निर्णय गरे । कसैले चिन्न नसकोस् भनेर उनी युवती झैं तयार भएका थिए ।
युवतीजस्तो देखिनका लागि उनले पारम्परिक स्कार्फ, कानका झुम्का र महिलाको पहिरन लगाए । यसका साथै उनले पूरा मेकअप गरे र ब्रासमेत लगाए । सायद यसैकारण उनले तीन दिनसम्म सबैलाई मूर्ख बनाएर परीक्षा हलमा पुग्न सफल भए । सबैकुरा सही चलिरहेको थियो । तर चौथो दिन एक सुपरभाइजरलाई खादिममाथि शंका लाग्यो । उनको अनुसन्धान गरिएपछि उनीबारे पर्दाफास भएको हो ।
३१ जुलाईमा परीक्षा केन्द्रमा प्रहरी बोलाइयो र खादिमविरुद्ध धोकाको मुद्दा दर्ता गरियो । त्यसपछि ती व्यक्तिको मद्दतले नै प्रहरी उनकी प्रेमिकासम्म पुग्न सफल भयो जसले एक होटलमा उनलाई प्रतीक्षा गरेर बसिरहेकी थिइन् । खादिमले प्रेमिकामाथि कुनै प्रकारको संकट आउन दिएनन्, अपराध जति सबै आफ्नो टाउकोमा लिए । उनले प्रहरी समक्ष भने, ‘मैले यो सबै प्रेमका लागि गरेको हुँ । किनभने मेरी प्रेमिकालाई अंग्रेजी विषयमा फेल हुने हो कि भन्ने चिन्ता थियो ।’
तर प्रहरीले उनको कुरा मानेनन् । धोका दिएको भन्दै दुबैविरुद्ध मुद्दा दर्ता गरियो । उनीहरुलाई सजाय भएको खण्डमा अबको पाँच वर्षसम्म देशमा कुनै पनि प्रकारको परीक्षा दिन सक्छन् न नै कुनै डिप्लोमा डिग्री लिन सक्नेछन् । यसका साथै उनीहरुले जरिवानामा मोटो रकम पनि तिनुपर्नेछ , अथवा उनीहरुलाई पाँच वर्षको जेल सजाय पनि हुनसक्छ ।
प्रेमिकालाई आफू पास नहुने हो कि भन्ने चिन्ता थियो । सुरुमा त उनलाई पहिचान गरिएन तर परीक्षाको चौथो दिनमा उनलाई समातियो । ल्याडबिलको रिपोर्ट अनुसार गेस्टन बर्जर विश्वविद्यालयका एक विद्यार्थी खादिम म्बौप मेकेअप, हेडस्कार्फ, ब्रा र झुम्कासमेत लगाएर परीक्षा दिन पुगे । घण्टौंको मिहिनेतपछि युवती बनेका खादिम म्बौप परीक्षा दिइरहेका थिए तर उनीमाथि कसैलाई शंका भयो, त्यसपछि उनी समातिए ।
स्रोतका अनुसार खादिम म्बौपकी प्रेमिका गंगू डियोमलाई परीक्षा दिन असाध्यै डर लागिरहेको थियो जसका कारण खादिमले एक योजना बनाए । उनले आफ्नी प्रेमिकाको कपडा लगाए र युवती बनेर तीन दिनसम्म परीक्षा दिइरहे । तर चौथो दिन स्थिति त्यतिबेला गडबड भयो जब एक निरीक्षकलाई उनीमाथि शंका लाग्यो । उनले ती व्यक्तिको अनुहारमा केही गलत देखे । साभार गरियको खबर ।