मधुमेह भएका मानिसलाई सामान्य जीवन जिउनका लागि के खाने के नखाने भन्ने विषयमा धेरैथरी परिवर्तन ल्याउनुपर्ने हुन्छ । रगतमा चिनीको स्तर कम गर्ने खानेकुरा मात्र खानुपर्ने हुन्छ । आँपको पातले चिनीको मात्रा घटाएर मधुमेहलाई नियन्त्रण गर्न सहायता गर्छ ।
आँपको पातमा पेक्टिन, भिटामिन सी र फाइबर हुन्छ । पातको म्यांगिफरिनमा एन्जाइम अल्फा ग्लुकोसिडेज निकाल्ने क्षमता हुन्छ र यसले आन्द्रामा कार्बोहाइड्रेट मेटाबोलिजम घटाउन सहायता गर्छ । यसबाछ रगतमा चिनीको स्तर नियन्त्रणमा रहन्छ ।
ग्लुकोजको इन्सुलिन उत्पादन र वितरणलाई थप राम्रो बनाउन यो प्रभावकारी हुन्छ । यसले चिनीको मात्रालाई स्थिर गर्न पनि सहायता गर्छ । आँपको पातले मधुमेह र कोलेस्ट्रोल दुवैलाई नियन्त्रणमा राख्छ ।शरीरको खराब कोलेस्ट्रोल स्तरलाई यसले घटाइदिन्छ । बारम्बार पिसाब लाग्ने, तौल घट्ने, धमिलो देखिने जस्ता मधुमेहका लक्षणमा यो प्रभावकारी उपचार हो ।
दशदेखि १५ वटा आँपका पातलाई १०० देखि १५० मिलीलिटर पानीमा उमाल्नुस् । रातभरि त्यसलाई त्यत्तिकै रहन दिनुस् । बिहान त्यो पानीलाई छानेर खाली पेटमा पिउनुस् ।नियमित रूपमा बिहान खाली पेटमा यस्तो पानी पिउँदा केही महिनामै शरीरमा आश्चर्यजनक परिणाम देखिन्छ । यो घरेलु उपचारमा मात्र भर चाहिँ नपर्नुस् । मधुमेहका लक्षण देखिए भने तत्कालै चिकित्सकलाई देखाउनुस् ।अनि खानेकुरामा पनि परहेज गर्ने गर्नुस् ।