Type Here to Get Search Results !

गाउँघरमा पाइने आकाश बेलीका अद्भूत फाइदा, यी रोग पार्छ च्वाटै निको…….

0
Click Me 💖

गाउँघरमा पाइने आकाश बेली लहरोका त तपाई हामीले देख्दै आएका छौँ । तर यसका औषधिय गुणका बारेमा भने जो कोहीलाई थाहा नहुन सक्छ। आज हामी तपाईलाई आकाश बेली लहरोको बारेमा केही जानकारी दिनेछौँ । यस आकाश बेलीलाई गाउँ घर तिर पहेंलो लहरो पनि भन्ने गर्दछन्।

यो एउटा घुमाउरो वनस्पति विरुवा हो। यस विरुवाले अरु विरुवा सुकाएर आफ्नो पूर्ति गर्छ र यो विरुवा अरु विरुवा संग बेरिएको हुन्छ। त्यसै अरु विरुवाबाट आफुलाई चाहिने खान पान पूरा गर्ने गर्छ।

यो विरुवा पहेँलो रंगको हुन्छ यस विरुवामा धेरै तागत हुने भएकोले जुन विरुवामा बेरिएको हुन्छ त्यो बिरुवालाई फस्टाउन दिँदैन, जुन विरुवामा बेरिएको हुन्छ त्यस विरुवामा भएको पोषण आफूले सोस्ने भएकोले अरु विरुवा सुक्ने गर्दछ। यो विरुवा हाम्रो लागि धेरै फाइदा यानी लाभ दायी हुन्छ।

फाइदाहरु यस प्रकार छन्ः

गन्ज पनको लागि एकदमै राम्रो मानिन्छ। गन्ज पन (कपाल) झर्ने समस्या हुनेले ३० ग्राम आकाश बेली पेलेर २ चम्चा तोरीको तेल मिसाएर टाउको मसाज गर्नु पर्छ। कपाल झर्ने कम हुन्छ र टुक्रिएको कपाल छिटै लामो हुने गर्दछ र कपालको जुम्रा लिखा यानी लिखाहरुलाई मार्न पनि सहयोग गर्दछ।

आकाश बेली पिसेर सुनिएको ठाउँ, घुँडा, जोर्नी र नशा दुखाइ पीडित हुनुहुन्छ भने पिसेको आकाश बेली लगाउनाले दुखाइ कम हुन्छ।

घाउ चोट भएको वरिपरी आकाश बेली लगाएमा घाउ चाँडै निको हुने र दुखाइ पनि काम हुने गर्छ। बच्चाहरूको लम्बाई सानो छ भने प्रत्येक दिन १ चम्चा आकाश बेली दूधमा मिसाएर खुवाएमा बच्चाको लम्बाई बढ्न सुरु हुन्छ।

यसले बच्चाको पेटमा परेको जुका किराबाट पनि छुटकारा दिने गर्छ। यसले जुका मार्न र जुकाको अण्डाहरुलाई नष्ट गर्दछ। साथै मुखमा भएको कालो चाया पोतो छ भने ७ हप्तासम्म लगातार पिसेर झोल लगाएमा कालो पोतो, डार्क सर्कल कम हुन्छ।

पहेँले रोग अर्थात जण्डिसको समस्याबाट पनि यो बेलीले छुटकारा दिने गर्छ। यदी तपाईलाई जण्डिसको समस्या छ भने लहरालाई पिनेर रस निकाल्नुहोस् र केही पानी मिसाएर त्यसलाई पिउनुहोस्। एक हप्तासम्म यसको सेवन गर्दा तपाईको जण्डिसको समस्या निको हुन्छ।

विभिन्न देशहरुमा यस आकाश बेली बिरुवालाई एउटा कृषिको रूपमा खेती गरी आम्दामी लिने गरेको देखिन्छ।


Post a Comment

0 Comments