Type Here to Get Search Results !

भारतमै भारतीय फिल्मलाई उछिन्यो ‘प्रेमगीत–३ ले: हाउसफुल हुँदै हलहरु, यति धेरै कमायो

0
Click Me 💖




नेपाली फिल्म उद्योगको इतिहासमा नै पहिलो पटक सन्तोष सेनको फिल्म ‘प्रेमगीत–३’ हिन्दीमा डब भई नेपाल र भारतलगायतका विभिन्न देशमा एकसाथ प्रर्दशन हुँदैछ ।

असोज ७ अर्थात् भोलि (शुक्रबार)बाट प्रदर्शनमा आउँदै गरेको फिल्मको निर्माण पक्षले प्रदर्शनको साताअघि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ ।

यसैबीच अग्रिम टिकट बुकिङले भारतीय फिल्म हलहरु पनि हाउस फुल हुने पक्कापक्की भएको छ ।

निर्माता–निर्देशक सेनका अनुसार ‘प्रेमगीत–३’को हिन्दी संस्करण भारतको १५ सय बढी फिल्म हलहरुमा रिलिज गरिदैछ ।

यता नेपालमा पनि फिल्मको अग्रिम टिकट बुकिङले फिल्म हलहरु फुल भइसेका छन् । अहिले फिल्मको प्रचार–प्रसारका लागि निर्माण टिम भारतको मुम्बईमा रहेको छ ।

पछिल्लो केही दिनयता भारतमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिदै आएका छन् ।

सोही अवसरमा चर्चित भारतीय टेलिभिजन जूमले अभिनेता प्रदीप र क्रिष्टिनासँँग ‘प्रेमगीत–३’ बारेमा अन्तर्वार्ता लिएको थियो ।

लामो ससमयदेखि बलिउड बक्स अफिसमा साउथका फिल्महरु हाबी भइरहेको अवस्थामा पहिलो पटक हिन्दीमा डब गरिएको नेपाली फिल्म

‘प्रेमगीत–३’ले पनि उत्कृष्ट प्रदर्शन गर्ने प्रक्षेपण गरिएको छ । भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेका हुन् ।

फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी,

अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ ।

Post a Comment

0 Comments