Type Here to Get Search Results !

आज सरस्वती पुजा, यसरी गर्नुहोस् माता सरस्वतीको पुजा !

0
Click Me 💖

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइन्छ।चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक

लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा यस दिन बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । वसन्त श्रवणमा राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुने गर्छ ।

माघ १२ गते बिहिबार परेको वसन्त पञ्चमीमा यसपटक शिव योग, रवि योग, सिद्ध योगसहित सर्वार्थ सिद्धि योग पनि निर्माण हुँदैछ। वसन्तपञ्चमीका दिन बन्ने यी महासंयोगमा देवी सरस्वतीको पूजा–आराधना गरी केही ज्योतिषीय उपाय गर्नाले करियर तथा शिक्षामा उन्नति हुने गर्दछ र माता सरस्वतीको आशीर्वाद पनि प्राप्त हुन्छ। सरस्वती पूजामा बन्ने यी महासंयोगमा के-के उपाय गर्नुपर्छ त ?

हेर्नुस्

१. ज्योतिष शास्त्रअनुसार वसन्त पञ्चमीका दिन पहेँलो रङ्गको वस्त्र धारण गरी पूजा-अर्चना गर्नुहोस् र ‘ॐ ऐं वाग्देव्यै विझहे धीमहि। तन्नो देवी प्रचोदयात्।।’ मन्त्र जप गर्नुहोस्। साथै सरस्वती पूजामा सरस्वती मातालाई पहेँलो रंगको फूल चढाउनुहोस्। यसो गर्नाले सन्तानले माता सरस्वतीको आशीर्वाद प्राप्त गर्नेछन् र उनको कृपाले करियरमा पनि प्रगति हुनेछ ।

२. वसन्त पञ्चमीलाई श्रीपञ्चमी पनि भनिन्छ। यस दिन माता सरस्वतीको पूजासँगै माता कालीको पनि पूजा गर्नुपर्छ।

३. कपी, किताब आदिको पूजा गर्नुहोला। गरिब तथा खाँचोमा परेका बालबालिकालाई किताब, कपी, पेन्सिल लगायतका चीजहरु दान गर्नुहोस्। सरस्वती पूजामा गुरुको पूजा गर्ने परम्परा रहेको छ। यसो गर्दा बुद्धि बलमा विकास हुनुका साथै विद्या र ज्ञानको आशीर्वाद प्राप्त हुन्छ।

Post a Comment

0 Comments