Type Here to Get Search Results !

तपाईले मिठो मान्दै खाने ‘पानीपुरी’ को बारेमा यी कुरा थाहा छ ? सबैले जानी राखौं

0
Click Me 💖

नेपालमा प्राय: युवतीहरूले धेरै रुचाउने गरेको खानेकुरा हो ‘पानी पुरी’। ‘पानी पुरी’ को स्वाद चाख्न विशेष गरी सडकमा युवतीहरूको लाइन नै लाग्ने गर्छ, त्यसमा युवाहरूको पनि कमी हुँदैन ।‘पानी पुरी’ नेपालमा मात्र होइन, साउथ एसियामै अत्यधिक रुचाइएको खानेकुरा हो। यसको टेस्ट विश्वभर नै रुचाइन्छ।

पानी पुरी कहाँबाट आयो ? :

पानी पुरी भारतको मग क्षेत्रबाट सुरुवात भएको हो । यहाँको दक्षिणी भूभाग विहार को नामबाट चिन्ने गरिन्छ भने यसलाई फु’ल्की समेत भनेर भन्ने गरिन्छ । सर्वप्रथम यहीबाट पानी पुरी बनाइएको थियो ।

चिज एउटै, नाम फरक:पानी पुरी चर्चित हुँदै गएपछि विश्वभर यसलाई फरक फरक नामकरण पनि हुन पुग्यो। यसलाई कुनै ठाउँमा गोलगप्पाको नामबाट चिनिन्छ भने कहीँ ठाउँमा पानीपतासेको नामबाट ।

कतै पानीपुरीलाई खाली प’कौडाको नामबाट पनि चिनिन्छ भने कहीँ स्वादिष्ट चाट व्यञ्जनको नामबाट चिनिन्छ ।पानी पुरी खाँदा मानिसको जिब्रोमा स्वादको मज्जा भरिइदिनुका साथै खाऊ खाऊ ला’ग्ने बानीको विकास समेत गरिदिन्छ ।पानीपुरलाई सही ढ’ङ्गबाट बनाएर खाएमा यसले शरीरलाई ए’सी डि’टीबाट राहत दिलाउँछ भने मु’डलाई फ्रेस बनाउँछ । एक अनुसन्धानले पानी पुरी पुरै क्यालोरी फुड भएको बताइएको छ ।

यसको एक प्लेट पानीपुरीमा चार वटा पीस हुने गरेको छ भने त्यसमा करिब १ सय क्या’लोरी हुने गर्छ । तर, मानिसहरू एकै पटक धेरै खाएर श’रीरलाई अ’स्वस्थ बनाइरहेका हुन्छन्। किनकि यो एक प्रकारको ज’ङ्क फु’ड पनि हो।

आँटा वा सुजी मिलाएर तेलमा पकाएर बनाइन्छ, पानीपुरी। पुक्क फुलेको सानो गोलाकार रोटीमा एकातिर सानो प्वाल बनाइन्छ। त्यसमा आलु, प्याज, धनियाँ लगायत मसलाको मिश्रण राखिन्छ। त्यसपछि इमलीपानी वा कागतीपानी हालेर खान सकिन्छ ।

यस किसिमको पानीपुरी भारतको बनारसबाट शुरु भएको बताइन्छ। भारतमा पानीपुरी निकै रुचाइन्छ। अचेल नेपालका हरेक शहरमा पुगिसकेको छ, पानीपुरी।

पानीपुरी किन अस्वस्थ्यकर?

पानीपुरीलाई स्वस्थ्यकर ढंगले बनाउने र खाने हो भने यसले स्वास्थ्यलाई हानि गर्दैन। तर बजारमा उपलब्ध पानीपुरी हानिकारक हुन्छ। किनकी सडकमा पानीपुरी बनाउने तरिका स्वस्थ्यकर हुँदेनन्।

पुरी बनाउनेदेखि आलु मिश्रण गर्ने वा इमली बनाउने सबै काम अस्वस्थ्यकर ढंगले गरिन्छ। पानीपुरीमा हानिकारक मिसावट पनि गरिन्छ।

पुरी बनाउनका लागि प्रयोग गरिने तेल होस् वा आलु सबै अस्वस्थ्यकर हुन्छ। धनिया, पुदिना, चटनीमा कृत्रिम रंग मिसाएको हुन्छ। पुरीभित्र हाल्न सडेगलेको खानेकुरा प्रयोग गरिन्छ। अमिलो पानीमा मोबिल, ट्वाइलेट सफा गर्ने हार्पिकजस्ता पदार्थ पनि मिसाइएको पाइन्छ।

अस्वस्थकर हुने हुँदा भारत र नेपालका कतिपय स्थानमा पानीपुरी बेच्न रोक लगाइएको छ। अस्वस्थकर पानीपुरी खाँदा त्यसले आन्द्राको क्यान्सर गराउने सम्भावना गराउने चिकित्सकहरू बताउँछन्।

पानीपुरी घरमै बनाएर स्वस्थ्यकर ढंगले सेवन गर्न सकिन्छ। यसो गर्दा स्वास्थ्य बिग्रेला भन्ने चिन्ता पनि गर्नुपर्दैन।

Post a Comment

0 Comments