Type Here to Get Search Results !

१० लाईनहरु, जसले तपाईको मन छुन सक्छ

0
Click Me 💖

 


१. आफ्नो सफलताको ध्वास आफ्नो आमा बुबा सामु नदेखाउनु किनकि आफ्नो जिन्दगी हारेर आमा बुबाले तिमीलाई जिताएका हुन् ।

२. मान्छे जन्मिएर दुई बर्ष पछी मात्र बोल्न सिक्छ तर के बोल्नु पर्छ यो सिक्नको ;आगी उसलाई पुरै जिन्दगी लाग्छ ।

३. बुढेसकालमा दुई छाक खाना तपाईको छोराले होइन तपाईले दिनुभएको संस्कारले खुवाउने छ, त्यसैले आफ्नो सन्तानलाई असल संस्कार दिनुहोस ।

४. आफुलाई बचाउनको लागि अरुलाई दोषी नबनाउनु किनकि सत्यलाई प्रकट गर्ने समय संग आफ्नै तरिका छ ।

५. आफ्नो मनलाई समुद्र जस्तै बनाऊ, तब मात्र सानो तिनो नदीहरु तिमीलाई खोज्दै आउनेछन् ।

६. असल मान्छे मात्र आफ्नो कर्मले चिनिन्छ किनकि राम्रो कुरा त नराम्रो मान्छेलाई पनि गर्न आउछ ।

७. आज भोली मित्रता एक हजारको नोट जस्तै भएको छ बिचार गर्नुहोला, कतै नक्कली त हैन जो अन्त्यमा गएर धोका दिने ।

८. आफ्नो मान्छेको कदर समयमै गर किनकि मरेपछि त पराईले पनि दुई थोपा आँशु झारिदिन्छ ।

९. घमण्ड आखिर कुन चिजको गर्नु छ, आज माटो माथी हिड्दै छौ, भोली यहि माटो मुनि दबिनु छ ।

१०. एउटा आखा नदेख्ने मान्छे मन्दिरमा आएको देखेर सबैले हास्दै सोधेछन्, मन्दिर त आयु तर के तिमी भगवानलाई देख्न सक्छौ त ? तब त्यो आखा नदेख्ने मान्छेले मुस्कुराउदै भनेछ, आखिर के नै फरक पर्छ र मैले देखे पनि मेरो भगवानले त मलाई देखिरहनु भएको छ नि । त्यसैले दृष्टि होइन दृष्टिकोण बदल्नु पर्छ ।

Post a Comment

0 Comments