Type Here to Get Search Results !

दोस्रो शनिबार पनि ‘ह्यारी कि प्यारी’लाई दर्शकको प्यार

0
Click Me 💖

अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको डा. कपिल रिजालद्वारा निर्देशित फिल्म ‘ह्यारी कि प्यारी’ले दोस्रो साताको शनिबार घरेलू बक्सअफिसमा सुखद् कमाई गरेको छ । अघिल्लो शनिबार पनि फिल्मको व्यापार सुखद् थियो । दोस्रो शनिबार राजधानीका क्यूएफएक्सको भक्तपुर, लाबिम मलका साथै वान् सिनेमा, एफक्यूबलगायतमा फिल्मको दिवा र रात्री शो प्रायः हाउसफुल थिए ।

शनिबार देशभरका हलमा ५० देखि ६० प्रतिशत अकुपेन्सी रहेको फिल्मका प्रमुख कलाकार जितु नेपालले जानकारी दिए । उनले फिल्मको इनिसियल ओपनिङ बम्पर नभए पनि ‘वर्ड अफ माउथ’ले हलमा लामो समयसम्म टिक्ने विश्वास व्यक्त गरे । व्यवसायिक घरानाबाट समेत फिल्म हेर्न आइरहेको बताउँदै उनले परिवारसहित आउने दर्शकको संख्या पनि राम्रो देखिएको बताएका छन् ।

शनिबार साँझ हाउसफुल दर्शकसँग भेट्न लाबिम मल पुगेका जितुसँग सेल्फी खिच्नेहरुको ठूलो भीड लागेको थियो । उनले गरेको फेसबुक लाइभमा प्रायः दर्शकले फिल्मको कथावस्तु र जितुको अभिनयको प्रशंसा गरेको सुन्न सकिन्थ्यो । एक महिला ६ महिने बच्चा च्यापेर समेत फिल्म हेर्न पुगेकी थिइन् । त्यस्तै, ‘महापुरुष’ निर्देशक प्रदीप भट्टराईले पनि परिवारसहित फिल्म हेरेका छन् ।

दोस्रो शुक्रबारसम्म ८५ लाख ग्रस कलेक्सन गरेको फिल्मले शनिबारको व्यापारबाट एक करोडको आँकडा नाघेको जानकारी प्राप्त छ । फिल्ममा जितुका अलावा साम्राज्ञी आरएल शाह, विजय बराल, लक्ष्मी गिरी, डिल्लीराम खनाल, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतको अभिनय छ । फरक भूगोल र परिवेशका दुई पात्रको भेटपछि आउने उतार-चढावमा फिल्म केन्द्रित छ ।filmykhabar.com

https://www.facebook.com/100001269921366/videos/1301970390659277/

Post a Comment

0 Comments