Type Here to Get Search Results !

विमान दु’र्घटनामा पर्नबाट भाग्यले जोगिए गायक पशुपति शर्मा

0
Click Me 💖

आईतवार विहान पोखरामा भएको विमान दु’र्घ’टनामा दोहोरी गायिका निरा छन्त्यालसमेत परिन। उनको अवस्थाका वारेमा पूर्ण जानकारी नआएपनि पारिवारिक स्रोतले उनी सोही जहाज चढेर पोखरा गएको पुष्टि गरेको छ।

यता, चर्चित लोकगायक पशुपति शर्मा भने भाग्यबस सो दु’र्घ’टनामा पर्नबाट जोगिएका छन् । उनले आज यही विमानबाट पोखरा जाने टिकट रद्द गराएका थिए । साथै पोखराबाट फर्खिन आज विमानको प्रतीक्षामा थिए । अचानक दु’र्घ’टनाको खबर पाएपछि उनी स्तब्ध छन् । कर्म र ग्रहले आफू दु’र्घ’टनाबाट बचेको उनको भनाइ छ ।

‘खासमा आज मेरो यही विमानमा पोखरा आउने कुरा थियो । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा आजको फ्लाइट क्यान्सिल गरेर म दुई दिनअघि नै बुद्ध एयरबाट पोखरा आएको थिएँ । आज म पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कन आँटेको हो’ उनले भने–‘फ्लाइट कुरिरहेको थिएँ । विमान दु’र्घ’टनाको खबर आउँदा पनि म यहीं नै थिएँ ।’

विमान अवतरण होला भनेर पर्खेर वसेको तर पछि दु’र्घ’टनाको समाचार देखेपछि साह्रै नमज्जा लागेको उनले वताए । ‘रुन मन लाग्यो । मेरा कतिपय साथीहरु जानुभयो हेर्न । मलाई पनि जाउँ भन्दै हुनुहुन्थ्यो । तर, त्यहाँ गएर हामीले न उद्दार गर्न सक्छौं त न अरु केही । बेकारमा होहल्ला र उद्दारमा अ’वरोध हुन्छ भनेर म चाहिँ गइनँ ।’– उनले भने।

‘दु’र्घ’टना भएको विमानका यात्रुका परिवारहरु यहाँ पर्खाइमा हुनुहुन्थ्यो होला । दु’र्घ’टनाको खबर सार्वजनिक हुनेबित्तिकै यहाँका अधिकतम मानिसहरु दु’र्घ’टनास्थल क्षेत्रतर्फ लाग्नुभयो’ उनले थपे–‘त्यसैले दु’र्घ’टनापश्चात उहाँहरुको स्थिति कस्तो छ । के छ भन्ने कुराको ख्याल भने मैले गर्न पाइनँ ।’

६८ जना यात्रु र चालक दलका चारजनासहित आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खोंचमा खस्यो । दु’र्घ’टनाग्रस्त विमानबाट हालसम्म ४१ जना निकालिएको र तीमध्ये बढीमा २ जनामात्र जीवित रहेको प्रारम्भिक अनुमान छ ।

Sorce: https://www.anjulionline.com/2023/01/40056/?fbclid=IwAR0Eo0t4xPpoH9tWxf3bdSNpsPlIXVsjPVtpQ3fsQ62PGyFDG8DT8YDHBw4

Post a Comment

0 Comments