Type Here to Get Search Results !

यी हुन् दुर्घटनाग्रस्त विमानका एयरहोस्टेज चितवनकी ओसिन आलेमगर

0
Click Me 💖

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको विमान आइतबार बिहान दुर्घटनामा परेको छ। बिहान ११ बज्नुभन्दा केही बेरअघि यती एयरलाइन्सको विमान दुर्घटनामा परेको हो।

विमानले विमानस्थलबाट अवतरणका लागि अनुमति पाइसकेको थियो। तर, अवतरणका लागि प्रयत्नरत विमान दुर्घटनामा परेको बताइएको छ।

दुर्घटनामा परेको विमानमा कुल ६८ यात्रु र ४ जना चालक दलका सदस्यहरु थिए। चालक दलका दसस्यहरुमा कमल केसी, अञ्जु खतिवडा, सृजना होंगचुन र ओसिन आलेमगर रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ। त्रिभुवन विमानस्थलको कन्ट्रोल रूममा पुगे प्रधानमन्त्री र गृहमन्त्री पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री पुप्षकमल दाहाल प्रचण्ड र गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन‍्। प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलको कन्ट्रोल रूममा बसेर दुर्घटनाको अपडेट लिइरहेका छन्।

उनीहरूले दुर्घटनामा उद्धार गर्न निर्देशन पनि दिइसकेका छन्।

यस्तै दुर्घटना पाएको खबरपाएपछि प्रधानमन्‍त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

Sorc: https://sklnetwork.com/

Post a Comment

0 Comments