Type Here to Get Search Results !

यस्ता हस्त रेखा हुने व्यक्ति धनी हुन्छन् ………….

0
Click Me 💖

शास्त्र, समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार, कुनैपनि व्यक्ति कतिको भाग्यमानि छ, धनी हुन्छ की हुँदैन भन्ने उसको हस्तरेखाबाट थाहा हुन्छ । हस्त रेखा सबै व्यक्तिको जन्मकै क्रममा बन्छ र ती रेखाको प्रभाव जीवनभर रहने बताइन्छ ।

कस्तो हस्तरेखा हुने व्यक्ति धनी बन्छन् त ?

जौको चिन्ह : जुन ब्यक्तिको हातमा जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनी र सुखी हुने समुन्द्र शास्त्रमा उल्लेख छ । त्यस्तो चिन्ह हुने मानिस धनी र बैभवशाली मात्र होइन भाग्यमानी पनि हुन्छन् । उनीहरुको समाजमा मान प्रतिष्ठा पनि उत्तिकै हुन्छ ।

शंखको चिन्ह : कुनैपनि व्यक्तिको हातमा शंखको चिन्ह हुनु पनि औधी राम्रो मानिन्छ । त्यस्ता ब्यक्ति बुद्धीमानी हुने समुन्द्र शास्त्रमा उल्लेख छ । जुन व्यक्तिको पाँच वटा औंलामा शंखको चिन्ह छ भने त्यस्ता व्यक्ति विदेश भ्रमणमा गई नै रहन्छन् । समुन्द्र शास्त्रमा बताइए अनुसार त्यस्ता व्यक्तिले विदेशमा धन आर्जन पनि राम्रो सँग गर्न सक्छन् ।

चक्रको चिन्ह : जुन व्यक्तिको १० वटै औंलामा चक्र छ भने त्यसता ब्यक्ति संसार जित्ने ब्यक्ति हुने समुन्द्र शास्त्रमा दाबी गरिएको छ । यति एउटा मात्र औंलामा चक्र छ भने चाहिं त्यस्ता व्यक्ति विद्वान हुन्छन् । कुनै व्यक्तिको दुइवटा औंलामा चक्र छ भने त्यस्तो व्यक्ति निकै नै सुन्दर हुने मानिन्छ ।

सूर्य पर्वत : कुनैपनि व्यक्तिको हातको औंलाको फेदमा सूर्य पर्वत हुन्छ भने त्यस्ता व्यक्ति राजनीतिक र सरकारी उच्च क्षेत्रमा पुग्छन् ।


यो पनि पढ्नुस

वास्तुदोषः खाना खाँदा पनि गर्दै हुनुहुन्छ यस्तो गल्ती, वास्तुदोषबाट आउनेछ गरिबी; उपाय के हो !

खाना खाने वास्तु: वास्तुशास्त्रमा दिशाहरू धेरै महत्त्वपूर्ण छन्। वास्तुशास्त्रमा बिहान उठ्नेदेखि राती सुत्नको लागि नियम दिइएको छ। यदि तपाईंले यी नियमहरू पालना गर्नुभएन भने वास्तु दोष हुन सक्छ र तपाईंको घरमा गरीबी आउन सक्छ। यसबाहेक अन्य धेरै प्रकारका समस्याहरू पनि हुन सक्छन्।यस्तो अवस्थामा तपाईले वास्तु शास्त्रका खानासँग सम्बन्धित नियमहरू जान्नु आवश्यक छ। वास्तवमा, केही विज्ञहरूको विश्वास छ कि खाना खाँदा वास्तुका नियमहरू पालना गर्नाले आर्थिक संकटबाट बच्न सकिन्छ।

खाना खाँदा नगर्नुहोस् यी गल्ती

वास्तु शास्त्रका अनुसार खाना दक्षिणतर्फ फर्केर खानु हुँदैन । दक्षिण दिशातर्फ फर्केर खाना खाएमा नकारात्मक उर्जा तपाईको वरिपरि फैलिन्छ भन्ने मान्यता छ । यसबाहेक, यो तपाईंको स्वास्थ्यको लागि पनि राम्रो छैन।

खाना खाँदा सधैं यो नियम पालना गर्नुहोस्

वास्तुशास्त्रमा भनिएको छ कि यदि तपाईंले उत्तर दिशामा मुख फर्काएर खाना खानुभयो भने, यसले आर्थिक संकटलाई पार गर्न मद्दत गर्दछ। उत्तर दिशामा फर्केर खाना खाँदा घरमा सुख–समृद्धि हुन्छ र यसका साथै आर्थिक लाभ पनि हुन्छ ।

यी व्यक्तिहरूले पूर्व दिशातर्फ फर्केर खाना खानुपर्छ

यो उल्लेख गर्न लायक छ कि जसको राशिफलमा अकाल मृत्युको बारेमा बताइएको छ उनीहरुले भोजन गर्दा वास्तुको यो नियम पालना गर्नाले समस्याबाट बच्न सकिन्छ। यदि तपाईको कुंडलीमा अकाल मृत्युको सम्भावना छ भने पूर्व दिशामा फर्केर खाना खानुहोस्, शुभ फल मिल्नेछ ।

Post a Comment

0 Comments