गर्लफ्रेन्ड बनाउनु, डेटिङ जानु, रोमान्स गर्नु आफैंमा रोमाञ्चक कुरा हो । युवावस्थामा त गर्लफ्रेन्ड हुनु शानको बिषय नै बन्छ । उमेर पुगिसक्यो तर गर्लफ्रेन्ड भने छैन भन्दा त साथी सर्कलमा आफु अपमानित भए जस्तो र पछि परे जस्तो अनुभव हुने पो हुन्छ । अहिलेको अवस्थामा यो सामान्य कुरा हो । लिभिङ टुगेदर नै बस्न थालिसके नेपालमा भने गर्लफ्रेन्ड छ भन्दा कसैलाई अस्वभाविक पनि लाग्दैन ।
धेरैले सोच्छन् कि गर्लफ्रेन्ड हुनु भनेको समय र उमेरको आवश्यकता हो । यसले मानिस बाधिन्छ । जिन्दगीले बाटो समाउछ र जिन्दगी रोमाञ्चक र रमाइलो बन्छ तर, गर्लफ्रेन्ड बनाएपछि जिन्दगी रमाइलो मात्र हुन्छ भन्ने छैन । यसको साइड इफेक्ट पनि छ । गर्लफ्रेन्ड भए पछि उसका नखरा पनि सहनु पर्छ । अनि गर्लफ्रेन्डका नखरा के के हुन सक्छन् भन्ने त भोग्नेलाई जति कसलाई थाहा होला र ? हामीले यहाँ त्यस्तै केहि नखरा र स्वभावहरुलाई लिएका छौँ ।
रोइहाल्ने बानी : युवतीको हतियार हो, रुनु । यदि ब्वाइफ्रेन्डले उनीहरुको कुनै कुरामा सहमत भएनन् भने गर्लफ्रेन्ड रोइदिन्छन् । यस किसिमको बानीले गर्दा ब्वाइफ्रेन्डलाई गर्लफ्रेन्डको जस्तोसुकै कुरा स्विकार्न करै लाग्छ । सायद ब्वाइफ्रेन्डलाई गर्लफ्रेन्डको सबै भन्दा झर्को लाग्ने बानी पनि यहि हुनु पर्छ ।इदिए पछि इरिटेड त हुन्छ तर माया पनि लाग्छ । अनि उनीहरुको किन धेरै चित्त दुखाउनु भन्ने पनि हुन्छ । वास्तवमा गर्लफ्रेन्डको यस्तो बानीको झमेला बोक्नु पर्ने कारणले कतिपय सम्बन्धहरु बेला बेला असाध्यै जोखिमपुर्ण भइदिन्छन् । यो सम्बन्धको बेफाइदा पनि हो भन्न सकिन्छ ।
केयर गरिरहनुपर्ने : गर्लफ्रेन्ड बनाएपछि सबै ध्यान उनीहरुमाथि लगाउनुपर्ने हुन्छ । उनीहरुसँग नियमित सम्पर्कमा बस्नुपर्ने, फोन गरिरहनुपर्ने, खाए नखाएको सोध्नुपर्ने हुन्छ । यसले गर्दा ब्वाइफ्रेन्डहरु सधै तनावमा हुने गर्छन् । यो तनाब कस्तो हुन्छ भनेर कसैसँग सेयर गर्न पनि अफ्ठ्यारो परिस्थिति बन्छ ।तिम्रो कुराले मलाई तनाव दियो भन्दा गर्लफ्रेन्डको चित्त दुख्ने हुन सक्छ भने आफ्ना साथीहरुलाई यो बारेमा सेयर गरियो भने त केवल हासोको पात्र होइन सम्भावना हुन्छ । यो ब्वाइफ्रेन्डलाई गर्लफ्रेन्डबाट हुने अर्को किसिमको विशेष तनावको अवस्था बन्ने गर्छ ।
गर्लफ्रेन्डको गाली : अफेयरमा रहेपछि गर्लफ्रेन्डको गाली पनि सहनु तयार हुनुपर्छ । आफुलाई गर्लफ्रेन्डकै मनस्थिती अनुरुप प्रस्तुत गर्नुपर्ने हुन्छ । अरु युवतीसँग बोल्दा, ख्याल ठट्टा गर्दा पनि ख्याल गर्नुपर्छ । यस्ता कुरामा गर्लफ्रेन्ड सधै शसंकित रहन्छन् । एकैछिन अगाडी सम्म बेबी र बाबा भन्दै लाड लडाइरहेकाहरु एकै छिनमा युद्ध गर्न तयार सिपाही झैँ भएर गालीको तोप चलाइरहेका हुन्छन् ।तिपय ब्वाइफ्रेन्डलाई त एक्कासी बदलिएको परिस्थितीमा कसरी डिल गर्ने भन्नेसम्म भेउ पाउन मुस्किल हुन्छ तर गर्लफ्रेन्ड त गर्लफ्रेन्ड भइहाले, यो द्धिविधाको बेला उनीहरुको लागि सर्वोत्कृष्ट बेला बन्छ । अनि त गालीको तोप मात्रै होइन, आधुनिक हतियार पनि चल्ने गर्छन् ।
खर्च गर्न तयार हुनुपर्छ : गर्लफ्रेन्ड बनाएपछि खल्ती पनि गह्रुंगो हुनुपर्छ । बेलाबेला उनीहरुलाई गिफ्ट किनिदिनुपर्छ, सिनेमा हेराउनुपर्छ, डिनर गराउनुपर्छ, डेटिङ लानुपर्छ तर उनीहरुका लागि जति गरे पनि सँधै कम । अझ कतिपय गर्लफ्रेन्डहरुको त अरुका ब्वाइफ्रेन्डले आफ्ना गर्लफ्रेन्डका लागि किनिदिएको सामान वा गरेको कामको सूचि खल्तिमै भए जस्तो हुन्छ । सक्दिन भनि सकेको हुन्न, उनीहरुबाट भकाभक ति कामहरुको रटान सुरु भइसक्छ । यसैले यस्ता समस्याहरु पनि सम्बन्धमा आउन सक्छन् ।