Type Here to Get Search Results !

जीवनसाथीसँग मधुर सम्बन्ध बनाइराख्ने यी ४ काइदा सिकिराख्न पर्छ

0
Click Me 💖

भनिन्छ, परिवर्तन संसारको नियम हो । हामी पनि यही संसारको एक बस्तु भएकोले हामीमा पनि परिवर्तन आउनु अस्वभाविक होईन । तर, यही परिवर्तनले धेरै ठाउँमा राम्रो काम गरेपनि कहिलेकाहीँ यसले समस्या समेत सिर्जना गर्ने गर्दछ । जसरी हाम्रो जीवनकमा शारीरिक र मानसिक स्तर समेत परिवर्तन हुन्छ ।

यसले हाम्रो जीवनसाथीसँको सम्बन्धमा भने केही समस्या पनि सिर्जना गर्नसक्छ । विशेषगरी विवाहको समयमा भर्खरैको प्रेममा हामीले एक अर्कालाई जति वास्ता गर्दछौं । त्यत्ति वास्ता सधैंभरी गर्न नसक्दा यसले श्रीमान् श्रीमतीबीचको सम्बन्धमा समेत समस्या सिर्जना गर्न सक्छ ।

विवाह पश्चात् जब मानिस व्यवहारबाट थिचिँदै जान्छ । विवाहको समयलगत्तै एकअर्कालाई एकदमै ध्यान दिने पतिपत्नीले समय बित्दै जाँदा विविध कारणले एकले अर्कालाई पर्याप्त ख्याल गर्न नसकिरहेको हुनसक्छ । जसले गर्दा सम्बन्धमा समस्या सिर्जना हुनसक्छ । हाम्रो सम्बन्ध र प्रेममा भविष्य, बच्चा र परिवेश अनुसारको घर खर्च जस्तो उल्झनहरु आउने गर्दछ ।

सका कारण हाम्रो प्रेम र अरु सम्बन्धमा समेत यसले समस्या सिर्जना गर्न सक्दछ । तर, यसलाई दुबै पक्षले ध्यान दिएर व्यवहार गर्ने हो भने सामान्य व्यवहारबाट पनि आफ्नो सम्बन्धलाई सधैं एकै किसिमले अघि बढाउन सकिन्छ । त्यसको लागि तल उल्लेख गरिएका ४ बुँदाहरुलाई ध्यानदिनु पर्नेछ ।

साना साना कुराहरुमा ध्यान दिनु : सम्बन्धलाई राम्रोसँग चलाई राख्नको लागि विवाहको समयताका आफ्नो जीवनसाथीसँग जस्तो व्यवहार गर्ने गरिन्थ्यो । त्यस्ता सानातिना विषयमा ध्यान दिईराख्नु पर्दछ । जसले गर्दा सामान्य मनमुटावमा पनि जीवनसाथीहरुबीच फाटो पैदा हुँदैन । यसमा हरेक दिन नयाँ कुराबाट मात्रै अरुलाई प्रभावित गर्नुपर्छ भन्ने जरुरी छैन ।नियमित रुपमा आफ्नो जीवनसाथीलाई वास्ता गरिरहनुले सम्बन्धमा फाटो आएको परिवारमा समेत पुनर्मिलनको भएर पहिले जस्तै सम्बन्ध सुमधुर बन्न सक्छ । आफ्नो जीवनसाथीलाई समय समयमा उपहार पनि दिईरहनु पर्दछ । यसरी उपहारहरु पूर्व जानकारी नदिई दिनुपर्दछ ।

एउटा सानो उपहारले पनि सम्बन्धलाई मजबुत गराई राख्न मद्दत गर्ने गर्दछ । यस्तो अवस्थामा तपाईंको जीवनसाथीले समेत तपाईंलाई खुशी राख्नको लागि मौका कुरेर बस्दछन् । यस्तो हुँदा सम्बन्धमा रमाईलो पनि गुम्ने सम्भावना रहँदैन ।नबदल्नुहोस् आफ्नो व्यवहार : सम्बन्धमा समस्या आएपछि धेरै मानिसले आफ्नो व्यवहार बदल्ने गरेका हुन्छन् । सम्बन्धमा समस्या नआएपनि कतिपय मानिसको समय अनुसार व्यवहार बदलिएको हुनसक्छ । तर, दीगो सम्बन्धको लागि त्यो पनि बाधक बन्नसक्छ । यस्तो अवस्थामा कुनै पनि हालतमा आफ्नो पुरानो व्यवहार बदल्नु हुँदैन ।

जस्तो कि बिहान उठेर ओछ्यान् छाडनुपूर्व आफ्नी साथीलाई चुम्बन् गर्नु या त कामबाट फर्किएपछि साथीसँग अँगालोमा बाँधिनु जस्ता व्यवहारहरुमा परिवर्तन ल्याउनु हुँदैन । यस्ता देख्दा सानो लाग्ने विषयहरु भएपनि सम्बन्धलाई मजबुत बनाईराख्नको लागि यो अनिवार्य छ ।

प्रशंसा गर्न नछाडौं : सम्बन्धलाई लामो समयसम्म पहिले जस्तै चलाईराख्नको लागि एकले अर्काेलाई प्रशंसा गर्न कन्जुस्याईं गर्नुहुँदैन । यही आफ्नो साथीले कुनैपनि राम्रो काम गरिरहेको छ भने त्यस्तो अवस्थामा उसको तारिफ गर्न नलजाऔं । यस्तो अवस्थामा आफ्नो साथीको प्रशंसा गर्ने मौका आफ्नो हातबाट गुमाउनु हुँदैन ।

पुरानो याद : यहि समय पुग्छ भने आफ्नो साथीसँग बसेर पुरानो समयको घटनालाई याद गर्नेगरौं । जब तपाईंहरुसँगै बसेर खुबै हाँस्नुभयो भने तपाईंको सम्बन्धलाई झनै प्रगाढ बनाउन मद्दत पुर्‍याउँछ ।

आफ्नो जस्तोसुकै राम्रो समयलाई पनि साथमा बिताउने गर्नुपर्दछ । सम्भव भएसम्म भर्खरै आफ्नो साथीसँग भेट्दा रमाईलो भएको ठाउँमा फेरि पनि जाने वा जान नसकेपनि सँगै बसेर स्मरणमात्रै गरेपनि यसले सम्बन्धलाई धेरै राम्रो गर्ने गर्दछ ।

Post a Comment

0 Comments