कुनै पनि सम्बन्धमा धोखा सहन गर्न सकिदैन। धोकाको कारणले सम्बन्धमा बिश्वास सकिन्छ अनि सम्बन्ध नै टुट्न पनि सक्छ । चाहे तपाईं प्रेम सम्बन्धमा हुनुहोस् या बैबाहिक जीवनमा, धोका यस्तो चिज हो जसले तपाइंको पुरै जिन्दगि बर्बाद बनाउन सक्छ। एकचोटी धोका पाएको मान्छेले फेरी चाडै कसैको बिश्वास गर्न सक्दैन। धेरैपटक त धोकाका कारणले मान्छेहरु मनोरोगका सिकार पनि हुनसक्छन।
जब हामीलाई धोका मिल्छ तब हाम्रो दिमागले यो सोच्न सक्दैन कि के गर्न हुन्छ र के हुँदैन भनेर। यस्तो अवस्थामा हामि आफैलाई नोक्सान हुने काम पनि गर्न सक्छौँ। जव यो अवस्था हुन्छ तव हामि डिप्रेसनमा जान सक्छौँ। भावनात्मक रुपमा कमजोर हुन्छौँ। हामि आज तपाईंहरुलाई यस्ता दुइ संकेतहरु बताउदै छौँ।
जसले तपाइँलाइ थाहा हुनेछ कि, कतै तपाइंको पार्टनर तपाईंलाइ धोका त दिदै छैन? त्यसो त तपाइँ धेरै संकेतका माध्यम बाट आफ्नो पार्टनरले धोका दिदैछ कि भनेर पत्ता लगाउन सक्नुहुन्छ । जव तपाइंको पार्टनरको ब्यबहारमा अचानक परिवर्तन आउन थाल्यो अनि उसको पुरै दिनचर्या नै अलग हुन थाल्यो भने संका गर्नु जरुरि हुनसक्छ।यसको अलावा यदि तपाइंको पार्टनर तपाईंमा कम रुची राख्न थाल्यो या आफ्नै बढी ध्यान राख्न थाल्यो भने हुन सक्छ कि उसको जिन्दगीमा तपाइँ बाहेक अरु कोहि पनि आएको छ।यदि तपाइंको पार्टनर पहिले भन्दा बढी फोनमा समय बिताउन थाल्यो अनि तपाइंलाई उसको फोन बाट टाढा राख्न थाल्यो भने तपाईं बुझ्न सक्नुहुन्छ कि उसले तपाईं संग केहि लुकाई रहेको छ।
हुनत जुनसुकै सम्बन्धमा व्यक्तिगत स्पेस हुन जरुरि हुन्छ तर कुनै कुनै अवस्थामा संका पनि जरुरि हुन्छ। यदि तपाइंको जीवन साथि अचानक आफ्नो पहिरन अनि आफ्नो लुक्समा परिवर्तन गर्न थाल्यो अनि शृङ्गारपटारमा ध्यान दिन थाल्यो भने तपाईलाई उसले धोका दिन सक्ने सम्भावना हुनसक्छ।यदि तपाईं ऊ कहाँ हुन्छ र के गर्दैछ भन्ने कुराहरु थाहा पाउन छोड्नु भयो भने हुनसक्छ कि तपाइंको पार्टनर तपाईंलाइ धोका दिदैछ। पहिले ऊ जहाँ हुने गर्थ्यो त्यहाँ नहुनु, जुन साथीहरु संग हुन्थ्यो तिनको साथमा नहुनु।
तपाइंको फोन नउठाउनु या फोन नै अफ हुनु आदि पनि धोकाका संकेत हुन सक्छन। जब आफ्नो पार्टनरले आफ्नो दिनचर्या या आफु दिनमा भएको ठाउँको बारेमा बताउन छोड्यो भने तपाइंले ऊ माथि संका गर्नु पर्ने हुन सक्छ।यदि तपाइहरु बीच बीच कुनै अन्तरंग सम्बन्ध हुन छाड्यो या कम भयो भने पनि हुन सक्छ यस्तो तपाईंको पार्टनर अरु कसैको साथमा भएकाले होस्। यदि ऊ बिना कारण तपाईंमा कुनै इच्छा देखाउन छोड्यो या कम गर्यो भने तपाईं बुझ्न सक्नुहुन्छ कि उसको इच्छा पुरा गर्नको लागि तपाईं बाहेक अरु कोहि पनि छ उसको साथमा।
यदि तपाइंको पार्टनर तपाइँ सामु रिसाएको वा केहि कुरा लुकाएको झैं गर्छ भने हुनसक्छ कि ऊ तपाईं संग रिसाएको नभएर, उसले आफु भित्रको डर अनि आत्माग्लानी पोखी रहेको होस्। यस्तो अरु कारणले पनि भएको हुन सक्छ तर उसको जीवनमा अरु कोहि आएको कारणले पनि यस्तो स्वाभाव हुने सम्भावाना रहन्छ।
यदि ऊ अचनाक रुपमा आफ्नो सेड्युल परिवर्तन गर्छ भने पनि केहि गडबडी हुन सक्छ। पहिले १० बजे काममा निस्कने मान्छे बिहानको ८ बजे नै जान थाल्यो वा बेलुका ५ बजे आउने मान्छे ८ बजे मात्र आउन थाल्यो भने हुनसक्छ ऊ कुनै अर्को सम्बन्धमा छ।
यहि कारणलाइ धोकाको कारण मान्न त सकिदैन तर यस्तो अवस्थामा तपाईंले राम्रो संग उसको बारेमा बुझ्नु पर्ने हुन्छ। ढिलो सम्म काम गर्ने अनि राम्रो संग कामको बारेमा प्रस्ट पार्न नसक्ने मान्छे सायद अर्को सम्बन्धमा हुन सक्छ।
यदि उसका साथीहरु फरक ब्यबहार गर्न थालेभने पनि तपाईं केहि गलत हुदैछ भन्ने बुझ्न सक्नुहुन्छ। धेरैजसो कुरा आफ्ना साथीहरुलाई थाहा हुन्छ। यस्तो अवस्थामा ति साथीहरुको ब्यबहार तपाईं संग फरक हुन सक्छ।
यदि तपाइंको पार्टनर तपाइंलाई धोका दिदैछ भने तपाईंका पार्टनरका साथि तपाईं संग बोल्दा हड्बडाएको या डराए झैँ देखिन सक्छन्। यी कुरामा राम्रो संग ध्यान दिनु पर्ने हुन्छ।