जुनसुकै सम्बन्धमा पनि प्रेमको साथमा सानातिना विवाद त चालिनै रहन्छन्। यस्ता विवाद अनि झगडाले झनै तपाइंको सम्बन्धलाई सुदृढ बनाउँछ। तर कहिलेकाहिँ तपाई यस्तो गल्ति गर्नुहुन्छ जसले विवाद अनि झगडा बढेर उग्र रुप लिदै ब्रेकअपको स्थिति सम्म आउन सक्छ।
यदि तपाइले सम्बंधमा आउने यस्ता समस्याहरुलाई बुझ्नु भयो र यसलाई कसरि समाधान गर्ने भन्ने जान्नु भयो भने तपाइंको सम्बन्ध सदैब सुमधुर रहन सक्छ। त्यसैले आउनुस जानौं सम्बन्धमा आउने यस्ता समस्याहरु केके हुन् त ….
सम्बन्धमा बोर हुन थाल्नु : प्रेममा एक थ्रिल खोज्दै गर्दा आजकालका युवाहरू छोटो अवधिमा नै सम्बन्धबाट बोर हुन थाल्छन्। यसपछि तिनीहरूले आफ्नो पार्टनरलाई ध्यान दिन छोड्छन। यस्तो अवस्थामा, सम्बन्ध बिग्रदै जान थाल्छ। यस्तो अवस्थामा तपाईको सम्बन्धलाइ कुनै न कुनै तरिकाले रोमान्चक बनाइ राख्नु महत्वपूर्ण हुन्छ।यसको लागि तपाईं सरप्राइज गिफ्ट, लंग ड्राइभ, रोमान्टिक डिनर वा अन्य उपायहरुको साथ लिन सक्नुहुन्छ। रोमान्चक प्रेम मात्र धेरै समय सम्म टिक्न सक्छ। यदि प्रेममा रोमान्चकता भएन भने त्यो प्रेमको कुनै अर्थ हुँदैन। दुइजना सम्बन्धमा हुँदाको रमाइलो पन महसुस भएन भने मान्छे प्रेम सम्बन्धमा बसी रहन चाहदैन। अनि आफ्नो पार्टनर संग झगडा गर्ने बाहाना खोज्न थाल्छ।
कुनै कुरा बोल्नु अघि संयमता अपनाउनु : धेरै पटक झगडा गर्दा, पार्टनरले केहि यस्तो बोलिदिन्छ जसले अर्काको आत्मसम्मानमा चोट पुर्याउँछ। झगडा हुँदा हामी प्राय: हामीले भनेको कुरा भुल्छौं, तर कहिलेकाँही हामी त्यो समयमा कुनै यस्ता कुरा बोल्छौँ जसले तपाईंको पार्टनरलाइ अस्याध्यै ठुलो चोट पुर्याएको हुन्छ।जस्तै झगडाको समयमा उनीहरूको नाम अरु कसै संग जोडेर केहि बोल्नु भयो भने तपाईं यस गल्तीका लागि माफी माग्न पनि योग्य हुनुहुन्न। यसरि बोल्नु अघि संयमित नभए झगडा हुने सम्भावना बढेर जान्छ। कहिलेकाहीं रिसाएको बेला सोच्दै नसोची उसको परिवारको बारेमा केहि गलत बोल्न सकिन्छ। यस्तो हुँदा आफ्नो पार्टनरको मनमा ठुलो चोट पुग्ने अनि झगडाको कारण बन्ने निश्चित प्राय हुन्छ। त्यसैले बोल्नु पहिले संयमित हुनु सम्बन्धमा बहुत जरुरि हुन्छ।
जासुसी र तांकझांक गर्नु : आफ्नो पार्टनरका बातचितहरु लुकेर सुन्नु। उसको मोबाइलमा भएका म्यासेजहरु खोजेर पढ्नु अनि संका गर्नु। यस्ता क्रियाकलाप पनि सम्बन्ध बिग्रदै जानुका संकेतहरु हुन्। यी क्रियाकलापले सम्बन्धमा झगडा निम्त्याउछ।कुनैपनि कुरामा संका भए या जानकारी लिन मन लागे खुलेर कुरा गर्नु नै सबैभन्दा उपयुक्त हुन्छ। यदि तपाईं उसको बारेमा धेरै चासो राख्न थाल्नु भयो अनि उसलाई सोध्नुको साटो उसका साथीभाई या अन्य संग बुझ्न थाल्नु भयो भने यसले तपाइँको सम्बन्धमा दरार ल्याउन सक्छ।
गलतफहमी : यस्ता धेरै गलतफहमीहरु आए भने सम्बन्ध सुरु हुनु अघि नै यसले समाप्त पारिदिन्छ। त्यसैले यस्ता कुराहरु दिमागमा आउन नदिनुहोस अनि यस्ता कुराले गर्दा आफ्नो पार्टनरलाइ चित्त नबुझ्ने कुरा नाबोल्नुहोस। धेरैपटक यस्ता कुराले आफ्नो पार्टनर संग संका हुनसक्छ तर यस्तो अवस्थामा पनि खुलेर उसलाई सोध्नुहोस तर उसको दिल दुखाउने खालका कुनै कुरा नगर्नुहोस।
आफ्नै तरिकाले खोजबिन गर्ने बानीले धेरै सम्बन्धहरु बिग्रने गरेका छन्। कहिलेकाहीं साना कुराले गर्दा मनमा संका पाल्दै त्यहि कुरालाई सोच्दै गर्दा आफुलाई लाग्न थाल्छ कि उसले आफुलाई धोका दिदैछ। यस्तो अवस्थामा पार्टनरले केहि गल्ति नै नगरी तपाइंको गलत्फहमीको कारण झगडा हुन सक्छ। त्यसैले यस्ता गलतफहमी हरुबाट टाढा रहन सकियो भने सम्बन्ध मजबुत बनाउन सकिन्छ।
अति धेरै आशा राख्नु : सम्बन्धमा अत्यधिक अपेक्षाहरू सम्बन्ध बिच्छेदको सबैभन्दा ठूलो कारण हुन्। पार्टनरको बाध्यता र विवसतालाई बुझेर, त्यस अनुसार व्यवहार गर्दा सम्बन्ध राम्रोसँग जान सक्छ।
धेरै पार्टनरहरु आफ्नो पार्टनरबाट धेरै आय, अधिक समय, महँगो चीजहरु आदिको अपेक्षा गर्छन, जुन उनीहरूले सजिलैसँग पूरा गर्न सक्दैनन्। यसरि चाहिने भन्दा धेरै आशा राख्नाले पनि सम्बन्ध बिग्रन सक्छ।