Type Here to Get Search Results !

विजय देवरकोन्डाले सय जना फ्यानलाई आफ्नो खर्चमा घुम्न पठाउने

0
Click Me 💖


दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाले आफ्नो खर्चमा सय जना फ्यानलाई घुम्न पठाउने भएका छन्। 

उनी आफ्ना फ्यानसँग करिब रहन रुचाउँछन्। त्यसैले उनले नयाँ वर्षको अवसरमा फ्यानसँग नजिक रहने नयाँ योजना बनाएका छन्। उनले आफ्नो खर्चमा सय जना फ्यानलाई मनाली ट्रिपमा पठाउन लागेका हुन्।

विजयले सामाजिक सञ्जालमा एक भिडिओ सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। उनले यस ट्रिपमा सहभागी हुन चाहनेहरूको लागि आवेदन भर्न पर्ने बताएका छन्। 

उनले इन्स्टाग्राम र ट्वीटरमा दिएको देवरासान्टा लिंकमा क्लिक गरेर त्यहाँ मागिएको विवरण भर्न पर्नेछ। यस ट्रिपमा जानको लागि १८ वर्ष उमेर पुग्नु पर्ने बताइएको छ। 

उनले भिडिओ भनेका छन्, ‘नयाँ वर्षको शुभकामना, यहाँ देवरा सान्टा अपडेट छ। मैले तपाईंहरूलाई भनेको थिएँ कि म १०० जनालाई आफ्नो खर्चमा घुम्न पठाउँछु। भोजन, यात्रा, आवास सबै मेरो तर्फबाट हुनेछ।'

यसअघि उनले आफ्ना फ्यानहरूलाई कहाँ जान चाहनुहुन्छ भनेर सोधेको थिए। त्यसको जवाफमा प्रायःले पहाडमा जाने इच्छा व्यक्त गरेका थिए।'मैले १०० जनालाई पाँच दिनको लागि मनाली पठाउने निर्णय गरेको छु। तपाईंहरू हिउँसँगै पहाड र मठमन्दिर  हेर्न जाँदै हुनुहुन्छ। यदि तपाईंहरूको उमेर १८ वर्षमाथि छ र मलाई फलो गरिरहनु भएको छ भने फर्म भर्नुस्। म तपाईंहरूको यात्रामा सहभागी हुने उत्सुक छु,’ उनले भने।

विजयले ‘लाइगर’ बाट बलिउडमा डेब्यू गरेका थिए। तर फिल्मले राम्रो व्यापार गर्न सकेन। 

उनी आगामी फिल्म ‘खुशी’ मा सामन्था रूथ प्रभुसँग देखिनेछन्। यो फिल्म यसै वर्ष रिलिज हुने तयारीमा छ। 

Post a Comment

0 Comments