Type Here to Get Search Results !

प्रेमीको जन्मदिनमा पूजा लेख्छिन्, ‘तिमी मेरो सबैभन्दा राम्रो उपहार हौं, जुन भगवानले मलाई दिनुभएको छ’

0
Click Me 💖

विगत २ वर्षदेखि अभिनेत्री पूजा शर्मा व्यवसायी युद्ध बानियाँको प्रेम सम्बन्धमा छिन् । फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजपछि प्रेम सम्बन्धलाई खुलाउन थालेकी उनले आइतबार परेको युद्धको जन्मदिनमा सामाजिक सञ्जालमार्फत् आफ्नो मनको भाव व्यक्त गरेकी छन् । उनले इन्स्टाग्राममा युद्धसँगको केही तस्बिर राख्दै आफूले पाएको अहिलेसम्मकै सबैभन्दा राम्रो उपहार भनेकी छन् ।


उनले लेखेकी छन्, ‘तिमी मेरो सबैभन्दा राम्रो उपहार हौं, जुन भगवानले मलाई दिनुभएको छ । म तिमीलाई सधैंभरी माया गर्छु । तिमी मेरो जीवनमा तब आयौं जब म पूरै टुटेको थिएँ । तिमी मेरो मुहारको मुस्कान, मेरो आँखामा हाँसो र मेरो जिन्दगीको खुशीको कारण हौं ।’ उनको यो पोस्टको कमेन्टमा युद्धलाई ‘ज्वाईंसाब’ भन्दै नायिका श्वेता खड्काले जन्मदिनको शुभकामना दिएकी छन् ।

Post a Comment

0 Comments