Type Here to Get Search Results !

विमान दुर्घटना अपडेट: पानीबाट निकालियो एक जनाको शव

0
Click Me 💖

काठमाडौँ । यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा स्थलमा सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ । पोखरास्थित सेती नदीमा पसेर गोताखोरले एउटा शव निकालेका छन् ।

वेपत्ता ४ जनामध्ये एकजनाको शव सेती नदीको पानीमा भेटिएको हाे । दुर्घटनामा परेका ३ जनाको अवस्था अझै अज्ञात छ । सेतीको पानीमा सशस्त्र प्र्रहरी बलका गोताखोरले खोजिरहेका छन् ।

पानीबाट निकालिएको शव सशस्त्र प्रहरीले गण्डकी अस्पतालमा पठाउने तयारी गरिरहेको छ । दुर्घटनास्थलमा ३ जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोली कुरिनटारबाट दुर्घटनास्थलमा पठाएको छ ।

Source by: avenues.tv

Post a Comment

0 Comments