उनको नाम हो राजो वर्मा । उनी पाँच भाइहरुकी एक्ली पत्नी हुन्। ( Cultures Where Women Marry More Than One Husband Simultaneously ) उनीहरुको यो ठूलो परिवार उत्तरी भारतको देहरादूनस्थित सानो शहर मा बस्छन् ।
अहिले उनीहरुले एक छोरापनि हुर्काउँदै छन् । उनीहरु कसैलाईपनी थाहा छैन जन्मिएको बच्चा कुन चै भाईबाट जन्मिएको हो ।यसैले सबैको साझा छोरोको रुपमा शिशुले घरमा राज गरिरहेको छ । यो वास्तविकता यो युगका लागि निक्कै नौलो लाग्न सक्छ ।
तर अहिलेपनि नेपालको हिमाली जिल्ला हुम्ला लगायत उपल्लो मुस्ताङ्ग, चीनको तिब्बत, उत्तर र दक्षिण अमेरिकाको केही आदिवासी क्षेत्र र अफ्रिकामा समेत अझै यो प्रथा कायम नै छ ।यसैले हो हामी यही युगको कुरा गरिरहेका छौ । त्योपनि नेपालको छिमेकी देश भारतकोपनि छिमेकी जिल्लाको कुरा गरेका हौ ।
भर्खरको अध्ययनले देखाएको छ कि तिब्बत, नेपाल, चीन र भारतबाट लगभग ५० समाजहरु यस प्रकारको सम्बन्ध अझै अभ्यास गर्दछन्।हिन्दु ग्रन्थ महाभारतमा पाँच पाण्डवले द्रौपदीसँग विवाह गरेको धेरैलाई थाहा छ । यो तर सत्ययुगकोपनि कहानी हो ।