Type Here to Get Search Results !

‘ह्यारी कि प्यारी’को ‘दम दम’ गीतमा बोल्ड साम्राज्ञी

0
Click Me 💖

डा. कपिल रिजालद्वारा निर्देशित फिल्म ‘ह्यारी कि प्यारी’को नयाँ गीत सार्वजनिक भएको छ । शनिबार युट्युबमा सार्वजनिक ‘दम दम’ बोलको क्लब गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड अवतारमा प्रस्तुत छिन् । उनलाई नृत्यमा आरए सुरज पौडेलले साथ दिएका छन् । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतमा युग भुषालको शब्द तथा संगीत र थोम्स एन्ड्रियूजको स्वर छ ।

बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्देशक रिजाल प्रस्तुतकर्ता रहेको फिल्ममा साम्राज्ञीसँगै जितु नेपाल, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय छ । फिल्ममा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ ।

यही माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा डा. भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको कोरियाग्राफी छ । सुदीप बरालको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । फिल्मको पोष्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईमा गरिएको हो ।

Src: http://www.filmykhabar.com/

Post a Comment

0 Comments