Type Here to Get Search Results !

आफ्नै फिल्मसँग भिड्ने भए दया, बैशाख १ मा ‘बिहे पास’

0
Click Me 💖

आगामी नयाँ वर्ष (बैशाख १ गते) नेपाली फिल्महरुबीच ठूलो भिडन्त हुने देखिएको छ । ‘भगवत् गीता’, ‘नाईं नभन्नू ल ६’, ‘प्रसाद २’ र ‘जारी’पछि यो मिति अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहे पास’ले पनि प्रदर्शनका लागि रोजेको छ । बिहीबार सरस्वती पूजाको अवसर पारेर फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

अब बैशाख १ मा दयाहाङको भिडन्त आफ्नै फिल्मसँग हुनेछ । ‘जारी’मा पनि उनी मुख्य भूमिकामा छन् । ‘बिहे पास’को दुईवटा फर्स्टलुक पोस्टरमध्ये एउटामा दया र प्रकृति गालामा रेडिमेड माला लगाएर नवविवाहित दुलहा-दुलहीको रुपमा चित्रित छन् भने अर्को पोस्टरमा उनीहरुसँगै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्गदेल फिचर छन् । प्रवेश पौडेलले फिल्मको निर्देशन गरेका हुन् ।

आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम राई, विहाल पहारी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, प्रकाश भुजेल, नविन शेरचनको पनि अभिनय छ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्मातामा छन् । उनीहरु वितरक समेत हुन् । रोजन श्रेष्ठ निर्माता रहेको फिल्मको सह-निर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् ।

विवाहको कथामाथि बनेको फिल्मका छायाँकार शिव ढकाल हुन् । मित्र देव गुरुङको सम्पादन, डिबी खनालको गीत रचना, प्रवेश मलिकको संगीत, मर्रे केर, अकाश बराल, साजन काफ्लेको कथा, बराल र काफ्लेको पटकथा तथा संवाद रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ । दयाहाङ र प्रकृति पहिलो पटक एकसाथ देखिएकाले दर्शकमा ‘बिहे पास’को पखाई व्यग्र छ । src:http://www.filmykhabar.com/

Post a Comment

0 Comments