Type Here to Get Search Results !

यीनै हुन् दुर्घटनामा परेको विमानका चालक क्यापेट कमल केसी

0
Click Me 💖


काठमाडौंबाट पोखराका लागि उडेको दुर्घटनामा परेको यती एयरको जहाज क्याप्टेन कमल केसीले उडाएको खुलेको छ । दुई पाइलट, दुई जना एयर होस्टेस, १० विदेशी यात्रुसहित ६८ यात्रु गरी कूल ७२ जना सवार जहाज पोखरामा दुर्घटनामा परेको हो ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् ।विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताललाई उच्च तयारीमा रहन निर्देशन दिएको कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

Sorc: sklnetwork.com

Post a Comment

0 Comments