Type Here to Get Search Results !

बारीमा जाउँ भविष्य छैन ! खाडीमा जाउँ उमेर छैन !!

0
Click Me 💖

चितवन । स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन् ।उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै

नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेर आन्दोलन गरे । ‘यहाँ पालेको तरकारीमा किसानको पसिना मिसिएको छ, पसिनाको मूल्य पनि पाइएन’ तरकारी किसान लेखनाथ भुसालले भने, ‘हाम्रो दुःख र पसिना यसै गयो ।’

उनले सरकारले आफूहरुको समस्या पटक्कै नसुनेको गुनासो गरे । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न कत्ति पनि सरकारले सहयोग नगरेको भुसालले बताए । तरकारी बोक्ने सवारी साधनसहित जम्मा भएका किसानहरुले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन भन्दै प्लेकार्ड र ब्यानर बोकेका थिए ।

लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने माग उनीहरुले गरे । किसानहरुको प्रर्दशनका कारणले केहीबेर राजमार्गमा सवारी साधान सञ्चालनमा समस्या भएको थियो । किसानहरुले थप शशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका किसानलाई भेट्न जाने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत केही दिनमा भेट्न जाने बताएका हुन्। तरकारीको मूल्य नपाएपछि शुक्रबार आन्दोलनमा उत्रिएका चितवनका किसानहरूको फोटो फेसबुकमा सेयर गर्दै लामिछानेले किसानहरुलाई केही दिनमा भेट्न आउने बताएका छन्।

‘प्रतिकेजी पाँच रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नुपर्ने बाध्यतामा छन्, देशका किसान। देशका किसानले उत्पादन गरेको तरकारीको मूल्य छैन, बजार छैन। किसानले सुनाैलाे भविष्यकाे सपना बुन्दै उत्पादन गरेको तरकारी मूल्यहीन बनेर सडकमा फाल्नुपर्ने याे दर्दनाक अवस्थाको अन्त्य गर्न लागीपर्ने छौँ। समस्या थाहा छ, समाधान खोज्ने छौँ ।

प्रिय चितवन, केही दिनमा भेट्न आउँदै छु है,’ उनले फेसबुकमा लेखेका छन्। शुक्रबार किसानहरुले नारायणगढ सडकमा तरकारी फालेर आन्दोलन गरेका थिए। किसानहरुले छ वटा ट्याक्टरमा ल्याएका टमाटर, काउली, बन्दा, फर्सि मेवा, केराउ लगायतका तरकारी सडकमा फालेका थिए।

Post a Comment

0 Comments