Type Here to Get Search Results !

दम्पतिका ६ किसिमहरु, यति थाहा पाए सम्बन्ध धेरै राम्रो हुन्छ

0
Click Me 💖

हरेक दम्प’तिमा केहि न केहि बिशेषता हुन्छन् । कसैको दाम्पत्य सुखद हुन्छन्, कसैको नाटकिय । यस्ता अनेक प्रवृत्ति हुन्छन्, दम्प’तिमा पनि । जति नै राम्रो देखिने दम्प’तिहरुको भित्र पनि जे सुकै हुन सक्छ भने कस्ता उदास दम्प’ति भनेकाहरु पनि असाध्यै रोमान्टिक हुन सक्छन् । बाहिरबाट हेरेर अरुको दाम्पत्य जीवन कस्तो होला भन्ने आंकलन गर्नु त्यति आवश्यक काम होइन भने त्यस्ता आंकलनहरु नमिल्ने सम्भावना पनि अधिक हुन्छ ।

किनकि मानिसहरु बाहिरबाट जस्ता देखिन्छन्, भित्र उनीहरुको स्वभाव पनि त्यस्तै होला भन्न सकिदैन । अझ सामाजिक साइटहरुमा देखिने कुराहरुले त मान्छे कस्तो हो भन्ने अनुमान गर्नु नै बेकार हुन्छ । सामाजिक साइटहरुमा न सुन्दरता थाहा पाउन सकिन्छ, न स्वभाव । अनेक फिल्टर र राम्रा क्यामेराको प्रयोगले जोसुकै राम्रा देखिन्छन् भने स्टाटसमा सायदैले मात्रै नराम्रो लेख्छन् । तर आफ्नो बारेमा भने केहि अनुमान गर्न सकिन्छ । यहाँ हामीले दम्प’तिमा हुने स्वभावका बारेमा लेखेका छौँ । तपाई कुनमा पर्नुहुन्छ त ? मूल्यांकन गर्नुहोस् ।

१. अभिभावक दम्प’ति : यस किसिमको दम्प’तिमा पति वा पत्नीमध्ये एक अभिभावक जस्तै व्यवहार गर्छन् । पति चाहन्छन्, आफ्नी पत्नीले आमाले जस्तै मेरो हेरचाह गरोस् । राम्रो खाना पकाइदियोस् । आफ्नो जरुरतको सबैकुरा जुटाइदियोस् । आमाले जस्तै वात्सल्य प्रदान गरोस् ।कतिपय अवस्थमा पत्नीले पनि यस्तै अपेक्षा राख्छिन् । उनीहरु चाहन्छन्, कि आफ्नो पतिले पिताले जस्तै स्नेहपूर्ण व्यवहार गरोस् । आफ्नो रक्षा र केयर गरोस् । समस्या – यस किसिमको प्रवृत्तिले दाम्पत्य जीवनमा खासै असर गर्दैन । तर, यदि अपेक्षा बढ्दै गयो भने सम्बन्धमा खटपट ल्याउन सक्छ ।

२. पेन्डुलम दम्प’ति : यस्तो दम्प’ति कहिले एकअर्काको केयर गर्छन्, कहिले उपेक्षा पनि । अर्थात पेन्डुलम जस्तै कहिले यता त कहिले उता हुन्छ । यिनीहरुको मुड बद्लिइरहन्छ । यस किसिमको दम्प’तिमा एक पार्टनरले अर्काको धेरै ख्याल राख्छन् ।

यद्यपी पार्टनरले आफुप्रति गरेको यस्तो व्यवहार अर्कोले महसुष नै गर्दैनन् । त्यस्तै दोस्रो पार्टनरले केयर गर्न थालेपछि अर्कोले वेवास्ता गरिदिन्छ । समस्या – यस्तो प्रवृत्ति भएको दम्प’तिमा धेरै हुन्छन् । खासगरी भिन्न भिन्नै पृष्टभूमी, संस्कारमा हुर्किएका उनीहरु आपसमा राम्ररी मिलेर बस्न सक्दैनन् ।

३. असुरक्षित दम्प’ति : यसखाले दम्प’तिमा एकजना पार्टनरको आत्माविश्वस यति कम हुन्छ कि, अर्कोप्रति पूर्ण निर्भर हुनुपर्छ । यिनीहरुले अर्को पार्टनरलाई आफ्नो आदर्श मान्छन् । आफु स्वंमलाई भन्दा पार्टनरलाई बढी विश्वास गर्छन् । समस्या – यिनीहरु आफ्नै बारेमा नकारात्मक धारणा पालेका हुन्छन् । त्यसैले दोस्रो पार्टनर यिनीमाथि हावी हुन्छन् । उसले आफ्नो बढाई-चढाई गर्छन् तर, उनी पनि पूर्ण क्षमतावान हुदैनन् । आफ्नो पार्टनर आफुप्रति निर्भर रहेको र कमजोर रहेको कुराले उनमा जहिले पनि असुरक्षा महसुष हुन्छ ।

४. नाटकिय दम्प’ति : यिनीहरु सानोतिनो कुरामा पनि ठाकठुक परिरहन्छ । तर, अर्काको अगाडि निकै मिलेको अभिनय गर्छन् । यस्तोमा दुबै दम्प’तिमा परिपक्कताको कमी हुन्छ । यिनीहरुले पार्टनरको भावनाको कदर गर्दैनन् ।

यिनीहरु त्यसैपनि तर्क बितर्क गरिरहेका हुन्छन् । समस्या – कहिले कहिं यस्ता दम्प’ति सार्बजनिक स्थानमै झगडा गर्न सुरु गर्छन् । एकअर्कामा बिबाद नगरी उनीहरु बस्नै सक्दैनन् । आफ्नो दाम्पत्य सुखमय नहुने भएकाले उनीहरु जहिले पनि असुरक्षित महसुष गर्छन् ।

५. परिपक्क दम्प’ति : यो स्थिर र प्रतिष्ठित दम्प’ति हो । यिनीहरुले एकअर्कालाई सम्मान मात्र गर्दैैनन्, स्पेश र प्राइभेसी पनि दिन्छन् । यस किसिमको दम्प’तिले पार्टनरको खुबी र कमजोरी दुबै बुझेका हुन्छन् । सम्बन्धमा आएको उतारचढावलाई पनि उनीहरुले सहज रुपमा हल गर्न सक्छन् ।

यिनीहरुले सार्बजनिक स्थानमा आफ्नो समस्या कहिल्यै खुलाउँदैनन् । उनीहरु एकअर्कामा हावी हुने चेष्टा गर्दैनन् । समस्या – कहिले कहिं आवश्यक्ताभन्दा बढी परिपक्कताले उनीहरुको दाम्पत्यलाई निरास बनाउन सक्छ । उनीहरुमा बिवाहित जोडीमा हुने मीठो नोंक-झोंक कमै देखिन्छ ।

६. पूर्ण दम्प’ति : यस्तो दम्प’ति एकअर्काको निकै ख्याल राख्छन् । साथै अरुको सामुन्ने आदर्श जोडीको रुपमा आफुलाई स्थापित गर्न सक्छन् । यिनीहरु आपसमा यति प्रेम गर्छन् कि, उनीहरुको यो घनिष्ठता इष्र्यालाग्दो हुन्छ । यिनीहरु त्यस्तै रुपमा आफुलाई प्रस्तुत गर्छन्, जो अरुको निम्ती अनुकरणिय हुन्छ ।

यिनीहरु कुनै समारोह, भेटघाटमा एकअर्कामा मिल्दो पहिरन लगाएर उपस्थित हुन्छन् । समस्या – यस्तो दम्प’तिको प्रवृत्ति के पनि हुनसक्छ भने, एकजना बोस बस्ने र अर्को सहसनसिल । वाहिरबाट राम्रो देखिएपनि उनीहरुमध्ये एक पार्टनर दबिएको हुनसक्छन् ।

Post a Comment

0 Comments