आंफुले माया गरेको मान्छे बाट टाढा हुनुहुन्छ? तपाईं धेरै टाढाबाट पनि रोमान्टिक हुन सक्नुहुनेछ। माया गर्ने मान्छे संग भौतिक दुरीले टाढा हुँदा पनि कसरि फोनको माध्यमबट प्रेमलाई जोगाइ राख्ने अनि रोमान्चक बनाइ राख्ने भनेर सिक्न सक्नु हुनेछ ।
रोमान्टिक कुराहरु गर्नुहोस् : यदि तपाईं आफ्नो प्रिय मान्छे संग रोमान्टिक कुरा गर्न चाहानुहुन्छ भने, उसको तारिफ गर्नुहोस्। उसलाई भन्नुहोस् कि, तपाईं काटी धेरै उसलाई याद गर्नुहुन्छ। कुनै यस्तो कुरा निकालेर आफ्नो पार्टनर को तारिफ गर्नुहोस् जुन उसको लागि खास होस् ।
जस्तै उसको व्यक्तित्वको तारिफ गर्नुहोस्। भन्नुहोस् “मलाइ तिमि संग कुरा गरि रहन मन लाग्छ। तिमि सधैँ मलाइ हसाउछौ।” उसको रुप रंगको तारिफ गर्नुहोस्। भन्नुहोस् कि “तिम्रा आँखाहरु मलाइ धेरै मन पर्छन्, मा अरु बेला पनि त्यसलाई सम्झी रहन्छु जब तिम्रो याद आउँछ।” उसको ट्यालेन्टको बारेमा प्रशंशा गर्नुहोस्। भन्नुहोस् कि “तिमि कति मिठो तरिकाले चुम्बन गर्छौ, मलाइ त हतार भैसक्यो कि फेरी हाम्रो कहिले भेट हुन्छ भनेर।”योजनाहरु बनाउनुहोस् : यदि तपाईंहरु अहिले साथ् नभएपनि भविष्यमा त साथ् हुनेहुने छ नै। साथमा भएपछी के गर्ने भनेर त्यसका योजना बनाउन सक्नुहुन्छ। कतै घुम्न जाने, चलचित्र हेर्ने लगायतका बिषयमा चर्चा गर्न सक्नुहुन्छ । आफ्नो कल्पनाको छुट्टीमा दुवै जना संगै समय बिताउने योजना बनाउनुहोस्। कल्पनाको उडान टाढा टाढा सम्म पुग्न दिनुहोस् । यदि तपाईं जहाँ पनि जान सक्नु हुन्थ्यो भने कहाँ जानु हुन्थ्यो, जस्तै सागर किनार, हिमालको छेउ, यस्ता काल्पनिक रहरहरुको बारेमा चर्चा गर्नुहोस्। अनि यसको साथमा नै सामान्य दिनहरुको योजना पनि बनाउनुहोस्। जस्तै नजिकैको रेस्टुरेन्टमा गैर संगै खाना खाने, त्यहि सहारको पार्कमा गएर घुम्ने अनि एकअर्कालाई अँगालो हालेर हिड्ने जस्ता कुराको योजना बनाउनुहोस्।
साथमा बिताएको समयको बारेमा कुरा गर्नुहोस् : टेलिफोनमा क्वालिटी समय बिताउने सबै भन्दा राम्रो तरिका पुरा कुराहरुलाई याद गर्नु हो। तपाईंहरु साथमा भएका ति यादगार पलहरुलाई सम्झनुहोस् अनि तिनकै बारेमा कुरा गर्नुहोस्। जस्तै, जब तपाईंहरु पहिलो पटक भेट्नु भएको थियो। अनि कुना कुरामा तपाईंले उसलाई मन पराउन थाल्नु भएको थियो। कसरि तपाईंहरु एकअर्का संग नजिक हुन थाल्नु भएको थियो आदि बिषयमा कुरा गर्नुहोस् । यसरि पुराना यादहरुको बारेमा कुरा गर्नाले सम्बन्ध बलियो बन्छ।एकैपटक कल्पना गर्नुहोस् : कहिलेकाहिँ कुनै कुनै कुराहरु प्रत्यक्ष रुपमा भन्दा फोनमा खुलेर गर्न सकिन्छ। तिनै कुराहरु संगै भएको बेला गर्न धेरै अफ्ठेरो लाग्ने गर्छ। जस्तै कि तपाईं फोनमा कुरा गर्दा आफ्नो सेक्स लाइफको बारेमा पनि खुलेर बोल्न सक्नुहुन्छ। यसरि आफ्नो सेक्स लाइफको बारेमा खुलेर कुरा गर्दै संगै कल्पना गर्नाले तपाईंहरुको सम्बन्ध मजबुत हुने गर्छ। यदि तपाईंहरु बीच अहिले सम्म सारीरिक सम्बन्ध भएको छैन भने पनि पछिको लागि योजना बनाउन सक्नुहुनेछ।
नियमित फोनमा भेट्ने समय तय गर्नुहोस् : यदि तपाईंहरु धेरै समयको लागि टाढा हुनुहुन्छ भने एउटा निश्चित समय एकअर्का संग गफ गर्नको लागि छुट्याउनु भयो भने एकदमै उपयुक्त हुन्छ। जसले गर्दा तपाईंहरु बीच क्वालिटी टाइम भएको महसुस हुन्छ। प्रत्येक दिन आधा घण्टा देखि एक घण्टा एक अर्काको लागि निकाल्नुहोस् अनि आफ्नो भबिष्यको बारेमा कुरा गर्दै साथमा समय बिताउनुहोस्।फोनको साथमा अरु केहि पनि गर्नुहोस् : फोनमा गफ गर्दै अरु केहि गतिबिधि पनि गर्नु फाइदाजनक हुनसक्छ। कुनै यस्ता मजेदार र सजिला गतिबिधि गर्दै फोनमा गफ गर्दा तपाईंहरुलाई संगै भएको महसुस हुनेछ। जस्तै, आफुलाई मन पर्ने टिभी शो हेर्दै फोनमा त्यसको बारेमा चर्चा गर्नुहोस् । आफुलाई मन पर्ने चलचित्र ललगाएर साथमा हेर्न थाल्नुहोस्। यसो गर्दा धेरै समय तपाईंहरु चुपचाप नै बस्नु पर्रे पनि यो महसुस हुन्छ कि तपाईंहरु साथमा यो चलचित्र हेर्दैहुनुहुन्छ। एकै समयमा साथसाथै एकै प्रकारको खाना बनाउने कोशिस गर्नुहोस्। यसो गर्दा एकअर्का संग गफ गरि रहनुहोस् अनि सल्लाह सुझाव दिनुहोस्। अनि कस्तो बन्छ तस्बिर पठाउनुहोस। सम्भव भए सम्म स्काईप् या अन्य भिडियो कलमा यसरि स्समय बिताउदा तपाईंहरु एकै कोठामा भएको अनुभूति गर्न सक्नुहुन्छ।
फोनमा एक साथ रहनुहोस् : चाहे कुरा गर्नको लागि केहि पनि नहोस्, तरपनि पार्टनर संग फोनको लाइनमा मात्र रहनु पनि रोमान्टिक हुनेगर्छ। सयौ किलोमिटर टाढा हुँदा चाहे बिचाबिचमा लामो सुन्यता किन नहोस् तर तपाईंहरु साथमा हुनुहुन्छ भन्ने अनुभूति आरामदेही अनि रोमान्टिक हुने गर्छ। त्यसैले सम्भव भए सम्म फोनको लाइनमा रहनुहोस् चाहे बोल्नको लागि केहि नाहोस्। खैर, हरेक सम्बन्धमा सानातिना नोकझोक अनि झगडा त हुन्छन नै , तर कहिलेकाँही तिनै साना कुराले पनि तपाईको सम्बन्धमा फाटो ल्याउँछ। वास्तवमा सारा कुरा विश्वासमा भर पर्छ। यदि तपाईंको सम्बन्धको आधार विश्वासमा टिकेको छ भने तपाईंको सम्बन्ध सँधै स्थिर रहनेछ। यहाँ हामी तपाईंलाई केहि रिलेसन सम्बन्धी सल्लाहहरू प्रस्तुत गर्दैछौं, जुन तपाईंको सम्बन्धलाई सँधै बलियो बनाउन मद्दत गर्दछ। आउनुस हामी उनीहरूको बारेमा जानौं।
एक सम्बन्ध मा भरोसा हुनुपर्छ भनेर त जसले पनि भन्छ, तर यसलाई कायम राख्न भने धेरै गाह्रो छ। तपाईं सधैँ आफ्नो दिमागमा राख्नुहोस् कि तपाइँको हरेक कार्यले तपाइँ दुई बीचको सम्बन्ध सुदृढ पार्नु पर्छ न कि खराब बनोस। सदैब एकअर्काको विश्वास बढाउने मात्र काम गर्नुहोस्। तपाईको सम्बन्धलाई सुदृढ पार्न यो धेरै महत्त्वपूर्ण छ। कुनै पनि कारणको लागि भएपनि एकापस बीचको कुराकानी रोक्नुहुन्न। जब एकापस बिचमा कुराकानी रोकिन्छ, तपाईं बीचको दूरी पनि बढ्छ। त्यसैले कुराकानी जारी राख्नुहोस्। अरूलाई माया गर्नु भन्दा पहिले आफैंलाई माया गर्नु महत्वपूर्ण हुन्छ। आफैलाई प्रेम गरेर मात्र तपाईं अरूमा आफ्नो प्रेम फैलाउन सक्नुहुन्छ। यो गर्नाले तपाइमा प्रेमको डर पनि हराउँछ। जब आफैंलाई माया गर्ने दुई व्यक्तिहरु एक अर्कालाई भेट्छन्, तिनीहरुको सम्बन्ध अरु मानिसहरुको भन्दा गहिरो हुन्छ।
कहिलेकाँही, सम्बन्धको सुरूमा हामी झूट बोल्छौं र पछि यो झूटले हाम्रो साथीको विश्वासलाई मार्छ। यस प्रकारका सम्बन्धहरू लामो समय सम्म रहँदैनन्। त्यसैले, सधैं आँफु र आफ्नो पार्टनरको साथ इमानदार हुनुहोस्। यस तरिकाले तपाईंको सम्बन्ध अझ बलियो बनाउन सक्नुहुन्छ। प्रेम भाव दर्शाउनको लागि शारीरिक स्पर्शले ठुलो भूमिका खेल्दछ। स्पर्श प्रेमको एउटा भाषा हो। स्पर्श बिना प्रेम दर्शाउन बहुत मुस्किल हुनेगर्छ। सानो बच्चालाई पनि जवसम्म तपाईं छोएर उसलाई प्रेम दर्शाउनु हुन्न तबसम्म ऊ सन्तुष्ट हुँदैन। साँचो प्रेमको अभिव्यक्तिको लागि स्पर्शको महसुस हुन बेहद जरुरि हुनेगर्छ। शारीरिक स्पर्शको मतलब मात्र यौनजन्य क्रियाकलाप हुँदैन। तपाईं जव आफ्नो पार्टनरलाइ प्रेमले अंकमाल या स्पर्श गर्नुहुन्छ तब तपाईंहरु बीच प्रेमको भाव साटासाट हुन्छ, जुन मुखले बोलेर साट्न असम्भव हुनेगर्छ।
तपाइँ तब प्रेमको महसुस गर्नुहुन्छ जब तपाइंलाई कसैले मदत गर्छ। पार्टनरको बिचमा यो जरुरि हुन्छ कि एकअर्कालाई जरुरत पर्दा उसको मदत गरियोस। यस्ता जरुरतहरु धेरै प्रकारका हुनसक्छन। कुनैबेला कसैलाई पैसाको जरुरत होस् या बिरामी परेर सहयोगको आवस्यकता होस्। यस्तो बेलाको मदतले तपाईंहरुको प्रेममा बलियो पिल्लरको काम गर्छ अनि सजिलै टुट्न दिदैन।
हरेक मान्छे चाहन्छ कि उसको प्रेम स्वीकार भैदियोस्। आफ्नो पार्टनरले खुलेर भनोस् कि ऊ माया गर्छ। धेरै मान्छेहरु माया त गर्छन्, तर खुलेर त्यसलाई भन्न भने हिचकिचाउने गर्छन्। यसो हुँदा आफ्नो पार्टनरले यसलाई गलत तरिकाले बुझ्न सक्छ। उसले प्रेम नै गर्दैन कि भनेर संका गर्ने स्थिति बन्न सक्छ। प्रेम सम्बन्ध बलियो बनाउन आफ्नो पार्टनरलाई स्पेसल फिल गराउन जरुरि हुन्छ। जव आफ्नी प्रेमिकालाई तपाई भन्नु हुन्छ कि “तिमि साह्रै सुन्दर देखिएकी छौ, तिमि जस्तो सुन्दर अरु कोहि छैन” तब उनि धेरै खुशी हुनेछिन्। अनि तपाईं प्रति उनको भरोशा बढेर जान्छ। केटि मात्र हैन केटा पनि आफ्नो प्रेमिकाबाट यो सुन्न चाहन्छन् कि “ऊ साँच्ची राम्रो छ, उसले आफ्नो करियर अनि लाइफमा राम्रो गरिरहेको छ अनि ऊ आफ्नी प्रेमिकाको लागि एउटा हिरो सरह हो।”
एकअर्का संग क्वालिटी टाइम बिताउनुहोस। क्वालिटी टाइमको मतलब यो हो कि, जसलाई तपाईं प्रेम गर्नुहुन्छ ऊ तपाईं प्रति पूर्ण रुपले समर्पित होस्। तपाइँहरु एकअर्काको कुराहरुलाई साँच्चीकै सुन्नुहोस अनि बुझनुहोस्। एकअर्का संग नजर जुधाउदै प्रेमिल गफ गर्नुहोस अनि समय बिताउनुहोस। यसरि आपसमा सुन्दर समय बिताउँदा एकअर्कामा प्रेम अनि बिश्वास बढेर जान्छ।